5 years ago
November 10, 2019
एजेन्सी – युवा ब्याट्सम्यान श्रेयस ऐरले अर्ध शतक प्रहार गरेपछि भारतले तीन टि ट्वान्टी सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा बंगलादेशलाई १ सय ७५ रनको लक्ष्य दिएको छ ।
नागपुरमा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । भारतका लागि श्रेयस ऐरले सर्वाधिक ६२ रनको योगदान दिए । १७ ओभरको पाँचौ बलमा सौम्य सरकारले लिटन दासबाट क्याच आउट हुनुअघि ऐरले ३३ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । ऐरको यो टि ट्वान्टी आई अरिअरको पहिलो अर्धशतक हो ।
त्यस्तै लोकेश राहुलले ३५ बलमा ७ चौका सहित ५२ रन जोडे । कप्तान रोहित शर्माले २ रन मात्र जोड्न सके । शिखर धवन पनि १६ बलमा १९ रन जोड्दै क्याच आउट भए । ऋषभ पन्त ६ रनमा बोल्ड भए । मनिष पान्डेले नटआउट २२ र शिवम दुबेले ९ रन जोडे । मनिषले १३ बलको सामना गर्दै ३ चौका प्रहार गरेका थिए ।
बंगलादेशका शफीउल इस्लाम र सौम्य सरकारले समान २ विकेट लिए । अल अमीन हुसैनले १ विकेट लिए । पहिलो टि२० मा जित दर्ता गर्दै इतिहास रचेको बंगलादेश दोस्रो खेलमा पराजित भएको थियो ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]