5 years ago
November 10, 2019
एजेन्सी – इंग्ल्यान्डले पाँचौ तथा अन्तिम टि ट्वान्टी खेलमा सुपर ओभरमा न्युजिल्यान्डलाई हराउँदै पाँच टि ट्वान्टी खेलको सिरिज ३-२ ले जितेको छ ।
निकै रोमान्चक खेलमा न्युजिल्यान्डले सुपर ओभरमा जितको लागि १८ रन बनाउनु पर्ने थियो । तर न्युजिल्यान्डले १ विकेट गुमाउँदै ८ रन मात्र बनाउन सक्यो । पहिलो बलमा टिम सिफर्टले २ रन बटुल्दा दोस्रोमा क्रिस जोर्डनले एक वाइट फाले । दोस्रो बलमा सिफर्टले चौका प्रहार गरे । तेस्रो बल क्रिस जोर्डनले डट राखे । चौथो बलमा जोर्डनले सिफर्टलाई मोर्गनबाट क्याच आउट गराए । पाँचौ बलमा १ र छैटौंमा डट राखेपछि खेल इंग्ल्यान्डले जितेको हो ।
कप्तान टिम साउथीलाई पहिलो बलमा जोनी बेयरस्टोले १ रन लिँदा दोस्रो बलमा कप्तान इओन मोर्गनले छक्का प्रहार गरे । तेस्रो बलमा मोर्गनले १ रन लिदा चौथोमा बेयस्टोले छक्का प्रहार गरे । पाँचौ बलमा १ र अन्तिम बलमा २ रन बटुल्दै इंग्ल्यान्डले सुपर ओभरमा १७ रन जोडेको थियो ।
त्यसअघि जितका लागि १ सय ४७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित ११ ओभरमा ७ विकेट गुमाउँदै १ सय ४६ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । इंग्ल्यान्डले अन्तिम ओभरमा जितको लागि १६ रन चाहिएको अवस्थामा १५ रन जोड्न पुग्यो । जितको लागि अन्तिम बलमा ५ रन चाहिदा क्रिस जोर्डनले जेम्श निशमलाई चौका प्रहार गर्दै खेल टाई बनाएका थिए ।
इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोले १८ बलमा २ चौका र ५ छक्का सहित ४७ रनको योगदान दिए । त्यस्तै ओपनर टम ब्यान्टन ७, कप्तान इओन मोर्गन १७, साम करन २४, टम करनले १२ रन जोडे । न्युजिल्यान्डका टे«न्ट बोल्ट, जेम्श निशम र मिचेल सान्टनारले समान २ विकेट लिए ।
टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले ११ ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । वर्षाको कारण खेल ११ ओभरमा छोटाइएको थियो । ओपनर मार्टिन गुप्टिलले २० बलमा ५ छक्का र ३ चौका सहित ५० रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् । त्यस्तै अर्का ओपनर कोलिन मुनरोले २१ बलमा २ चौका र ४ छक्का सहिच ४६ रनमा क्याच आउट भए ।
पहिलो विकेटका लागि मुनरो र गुप्टिलले ५.१ ओभरमा ८३ रनको साझेदारी गरेका थिए । विकेटकीपर टिम सिफर्टले १६ बलमा १ चौका र ५ छक्का सहत ३९ रन जोडे । इंग्ल्यान्डका साम करन, टम करन, आदील राशिद र सकीब महमोम्दले १–१ विकेट लिए ।
इंग्ल्यान्ड पहिलो खेलमा ७ विकेटले विजयी हुँदा दोस्रोमा २१ रन र तेस्रोमा १४ रनले पराजित भएको थियो । चौथो खेलमा इंग्ल्यान्ड ७६ रनले विजयी भएको थियो ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]