9 years ago
September 1, 2015
मलेसियामा जारी १९ वर्ष मुनिको एसिसी अन्डर नाइन्टीन क्रिकेट लिग प्रतियोगितामा नेपालले तेस्रो जित हात पारेको छ।
आज भएको चौथो खेलमा कुवेतलाई ९४ रनले पराजित गर्दै नेपालले तेस्रो जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरको नेपालले निर्धारित ओभर खेल्दा ८विकेट गुमाउदै २ सय ५१ रन बनाएको थियो । ६६ रन बनाउादा ६ विकेट गुमाएको नेपाललाई दिपेन्द्र सिंह ऐरी र सौरभ खनालले सातौ विकेटका लागि १ सय ३० रनको साझेदारी गर्दै टिमको स्कोर सम्मानजनक अवस्थामा पुर्याएका थिए । ऐरीले सर्वा्धिक ८४, खनालले ७३ र प्रेम तामाङले अविजित २३ रन बनाएका थिए । भने अन्य व्याट्सम्यान चल्न सकेनन् ।
२ सय ५१ रनको लक्ष्यका साथ जवाफी मैदानमा उत्रिएको कुवेत निर्धारित ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ६७ रनमा समेटिएको थियो ।
January 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीसँग टि ट्वान्टी आई सिरिज खेल्ने नेदरल्याण्ड्सको टोली घोषणा भएको छ । टियु क्रिकेट मैदानमा हुने त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजका लागि नेदरल्याण्ड्सको टोली घोषणा भएको हो । नेदरल्याण्ड्स क्रिकेट बोर्डले बेबेटी डि लिडेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । सिरिज माघ १७ देखि २५ गते […]
January 12, 2025
एजेन्सी – पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि न्युजिल्याण्डको टोली घोषणा भएको छ । न्युजिल्याण्ड क्रिकेट बोर्डले आइतवार मिचेल स्यान्टनरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । तीव्र गतिका बलर लोकी फर्गुसन र बेन सियर्सले पुनरागमन गरेका छन् । सियर्स, विल ओुरोर्के र नाथन स्मिथलाई आइसिसीको प्रतियोगिताका […]
January 11, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै सिरिज माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म हुने जनाएको छ । त्रिकोणात्मक सिरिज नेपालका, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहनेछ । सिरिजका सबै […]