5 years ago
November 9, 2019
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली मेरिलेबोन क्रिकेट (एमसीसी) सँग टि ट्वान्टी खेलमा १ सय १३ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
जितमा लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको नेपाली मिश्रीत टोली १३.१ ओभरमा अल आउट हुँदै ७६ रनमा समेटियो । नेपालका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । नेपालले सुरुवात देखीनै खराब प्रर्दशन गर्यो । दोस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई ओलिभर डल्बीले ४ रनमा क्याच आउट गराए ।
तेस्रो ओभरको पाँचौ बलमा कुशल भर्तेल ३ चौका सहित १४ रनमा क्याच आउट भए । ओलिभरले चौथो ओभरको पाँचौ बलमा अमित श्रेष्ठलाई १ रनमा आउट गराए । कप्तान रोहित कुमार पौडेल ६ र सन्दीप जोरा १६ रनमा आउट भएपछि नेपाल ७.१ ओभरमा ४४–५ को कमजोर अवस्थामा पुगेको थियो । १२ औं ओभरको पहिलो बलमा एड योङले भिम सार्कीलाई १३ रनमा बोल्ड आउट गरे । भिम आउट भएको एक बलपछि कमल सिंह ऐरी ठूलो सटको धुनमा शून्यमा डक आउट भए ।
१३ औं ओभरको दोस्रो बलमा राशिद खान १८ रनमा क्याच आउट भए । उनले २ चौका र १ छक्का प्रहार गरे । १३ औं ओभरमा जितेन्द्र मुखियालाई एड योङले एक हातले क्याच लिदै शून्यमा आउट भए । एमसीसीका एड योङले ३, ओलिभर डल्बीले र क्रिस राइट्सले समान २ विकेट लिए ।
त्यसअघि टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एमसीसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । एमसीसीका लागि बिली गोडलम्यानले ३० बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए । उनलाई राशिद खानले १२ ओभरको तेस्रो बलमा लङअफमा भिम सार्कीबाट उत्कृष्ट क्याच गराउँदै पेभिलिएन फर्काए । त्यस्तै एड योङले ४२ रनमा क्याच आउट भए ।
कमलसिंह ऐरीले तेस्रो ओभरको पाँचौ ओभरमा ओपनर माइल्स हमान्डलाई ३३ रनमा आउट गरे । उनले १३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । राशिद खानले पाँचौ ओभरको चौथो बलमा टम वेस्ट्लीलाई ८ बलमा ३ चौका सहित १३ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराए ।
राशिद खानले सातौं ओभरको दोस्रो बलमा कप्तान जिमी एडम्सलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच आउट गराए । जितेन्द्र मुखियाले आठौं ओभरको पाँचौ बलमा भिम सार्कीबाट विल रोड्सलाई १ रनमा क्याच आउट गराए ।
सुसन भारीले १५ ओभरको पहिलो बलमा कुशलबाट विल भानडसपारलाई ४ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए ।राशिद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । कमल सिंह ऐरी, जितेन्द्र सिंह मुखिया, सुसन भारी र अभिनास बोहोराको समान १ विकेट लिए ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]