5 years ago
November 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालको मिश्रीत टोलीलाई टि ट्वान्टी खेलमा १ सय ९० रनको लक्ष्य दिएको छ ।
टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एमसीसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । एमसीसीका लागि बिली गोडलम्यानले ३० बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए । उनलाई राशिद खानले १२ ओभरको तेस्रो बलमा लङअफमा भिम सार्कीबाट उत्कृष्ट क्याच गराउँदै पेभिलिएन फर्काए । त्यस्तै एड योङले ४२ रनमा क्याच आउट भए ।
उनलाई अभिनास बोहोराले अन्तिम ओभरको पाँचौ बलमा भिम सार्कीबाट क्याच आउट गराए । कमलसिंह ऐरीले तेस्रो ओभरको पाँचौ ओभरमा ओपनर माइल्स हमान्डलाई ३३ रनमा आउट गरे । उनले १३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । राशिद खानले पाँचौ ओभरको चौथो बलमा टम वेस्ट्लीलाई ८ बलमा ३ चौका सहित १३ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराए ।
राशिद खानले सातौं ओभरको दोस्रो बलमा कप्तान जिमी एडम्सलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच आउट गराए । जितेन्द्र मुखियाले आठौं ओभरको पाँचौ बलमा भिम सार्कीबाट विल रोड्सलाई १ रनमा क्याच आउट गराए ।
सुसन भारीले १५ ओभरको पहिलो बलमा कुशलबाट विल भानडसपारलाई ४ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए ।
राशिद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । कमल सिंह ऐरीले ४ ओभरमा ४८ रन १ विकेट । जितेन्द्र सिंह मुखियाले ४ ओभरमा ५५ रन १ विकेट लिए । सुसन भारीले ४ ओभर १५ रन १ विकेट लिए । अभिनास बोहोराको नाममा १ विकेट रह्यो ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।