default_image

5 years ago

November 9, 2019

नगरकोटीले इमर्जिङ कप गुमाउने, माभी समावेश

132 views

0 Bookmark

एजेन्सी – भारतीय तीब्र गतिका बलर कमलेश नगरकोटीले बंगलादेशमा हुने इमर्जिङ टिम्स एसिया कप गुमाउने भएका छन् । चोटको कारण उनले गुमाउने भएपछि तीब्र गतिका बलर शिवम माभीलाई समाबेश गरेको छ । सन् २०१८ को यू१९ विश्वकप भारतलाई जिताउन शिवमको प्रर्दशन महत्वपूर्ण रहेको थियो ।

शिवमले सन् २०१८ को यू१९ विश्वकपमा ६ खेलमा ९ विकेट लिएका थिए । उनले यू१९ विश्वकपसँगै, इन्डियन प्रिमियर लिग, रणजी टर्फि, भारतीय ए टिमबाट खेलि सकेका छन् । शिवमले भारतको ए टोलीबाट खेलेका छन् । गत वर्ष दक्षिण अफ्रिका ए र अष्ट्रेलिया ए विरुद्ध भारतीय ए बाट खेलेका थिए ।

सन् २०१८ को आईपीएलमा मा उनले कोलकता नाइट राइड्सबाट ९ खेलमा ५ विकेट लिएका थिए । उनलाई अक्सनमा ३ करोड खर्चेर कोलकताले अनुबन्ध गरेको थियो । गत वर्ष भने चोटका कारण आइपीएल गुमाउनु पर्यो । उनले ५ प्रथम श्रेणीमा मा १९ विकेट लिएका छन् । त्यस्तै १३ लिष्ट ए मा १८ विकेट लिएका छन् ।

विजय हजारे ट्रफीमा उत्तर प्रदेशबाट खेल्दै सौराष्ट्र विरुद्ध ह्याट्रिक समेत गरेका थिए । उनी गत वर्षको इमर्जिङ एसिया कपमा भारतीय टोलीमा थिए । बंगलादेशमा हुने इमर्जिङ टिम्समा नेपाल र भारत एउटै समुहमा छन् । जसको लागि नेपालले आफ्नो टोली घोषणा गरि सकेको छ । इमर्जिङ टिम एसिया कप कात्तिक २८ देखी मंसिर ७ सम्म बंगलादेशमा हुने छ ।

समुह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान छन् । समुह बी मा नेपाल, भारत, बंगलादेश र हङकङ छन् । नेपालले पहिलो खेल भारतसँग कात्तिक २८ मा खेल्ने छ । नेपालले हङकङसँग कात्तिक ३० र मंसिर २ मा बंगलादेशसँग खेल्ने छ । कप्तान तथा विकेटकीपर बी आर शरथसँगै गत वर्ष यू१९ विश्वकप खेलेका आर्यन जुयाल, अर्शदीप सिंहसँगै गत वर्ष इमर्जिङ टिम खेलेका सिद्धार्थ देसाई लयातका खेलाडी छन् । अर्शदीप सिंहले गत संस्करणको आईपीएलमा किंग्स इलाभेन पञ्जावबाट खेलेका थिए ।

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

February 25, 2025

अस्ट्रेलिया र दक्षिण अफ्रिकाको खेलमा वर्षा वाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]

Success

Thank you for your time.