default_image

5 years ago

November 9, 2019

एमसीसीसँग टि ट्वान्टी खेल्दै नेपाल

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिश्रीत टोलीले मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) सँग आज टि ट्वान्टी क्रिकेट खेल्दैछ ।

यू१९ र सिनियर गरि नेपालको मिश्रीत टोलीले एमसीसीको सामना गर्ने छ । खेल ११ बजेबाट टियु क्रिकेट मैदानमा सुरुहुने छ । सिनियर टोलीका प्रशिक्षक उमेश पटवालको अनुसार नेपाली टोलीको कप्तानी युवा खेलाडी रोहित कुमार पौडेलले गर्ने छन् । आजको खेलमा सिनियर टोलीका ठूला नाम देखिने छैन ।

राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले एकदिवसिय र प्रथम श्रेणीमा मैका नपाएका खेलाडीलाई मौका दिने बताएका छन् । आज ज्ञानेन्द्र सहित, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, शरद भेषवकर लगायतका खेलाडी खेल्ने छैनन् ।

आजको खेलमा रोहितसँगै अमित श्रेष्ठ , सन्दीप जोरा, अभिनास बोहोरा, कमलसिंह ऐरी, नन्दन यादव,कुशल भुर्तेल, सुसन भारी र राशिद खान लगातका खेलाडी खेल्ने छन् ।

एमसीसीको टोलीमा भने कुनै परिवर्तन हुने छैन । नेपाली सिनियर र यू१९ टोलीसँग खेलेको टोलीनै उत्रने छ । उसका ओपनर विल रोड्स, बिडी गोडलम्यान, माइल्स हामान्ड, आसिर अराफात, टम वेस्ट्ली, एलेक्स थम्पसन,ओलिभर डल्बी र एड योङको लयलाई रोक्न युवा खेलाडीलाई चुनौती हुने अनुमान गरिएको छ ।

नेपाली यू१९ टोली एमसीसीसँग ३८ रनले पराजित भएको थियो । सिनियर टोलीले एकदिवसिय खेलमा ५ विकेटले हराएको थियो । प्रथम श्रेणीमा भने नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

इमर्जिङ कपको लागि नेपाली टोली : ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्र सिंह ऐरी, शरद भेषवकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, इशान पाण्डे, मोहम्मद आरिफ शेख, अभिनाश बोहोरा र कुशल भुर्तेल ।

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

February 25, 2025

अस्ट्रेलिया र दक्षिण अफ्रिकाको खेलमा वर्षा वाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]

February 25, 2025

दोस्रो जितका लागि भिड्दै अस्ट्रेलिया र दक्षिण अफ्रिका

एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]

Success

Thank you for your time.