default_image

5 years ago

November 8, 2019

‘प्रथम श्रेणी बिर्सेका थियौं’ – कप्तान ज्ञानेन्द्र

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो प्रदर्शन कमजोर भएर पनि टोली जित्नु बढी महत्वपूर्ण हुने बताएका थिए । तर, मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको प्रथम श्रेणीको क्रिकेट ज्ञानेन्द्रले सोचे जस्तो भएन । न टोली जित्यो न उनको व्यक्तिगत प्रदर्शन राम्रो हुन सक्यो । नेपाल २ सय ८ रनको फराकिलो अन्तरमा पराजित भयो ।

यद्दपी, झन्डै डेढ दशक पछि नेपालले प्रथम श्रेणी क्रिकेट खेल्दा घरेलु समर्थकले जितको ठूलो आशा राखेका थिएनन् । ज्ञानेन्द्रसँगै टोलीका ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका थिए । त्यसैले खेल सकिएपछि ज्ञानेन्द्रले भने हामीले प्रथम श्रेणीको क्रिकेट बिर्सनै लागेका थियौं । सन् २००५ पछि नेपाली टोली पहिलो पटक प्रथम श्रेणी खेलेको हो ।

‘दोस्रो सेसन हाम्रो लागि निकै महत्वपूर्ण थियो । दोस्रो सेसनमा विकेट बचाउन सकेको भए अलि प्रेसर मा राख्न सक्थ्यौं होला । तर तीन चार विकेट गुमाए पछि पुनरागमन कठिन भयो,’ ज्ञानेन्द्रले भने, ‘सबै जनाले रेड बलको नयाँ अनुभब बटुले र त्यसै अनुसार पनि खेले । जुन नतिजा आयो हामीले त्यो भन्दा राम्रो गर्न सक्थ्यौं ।’
आफ्नो प्रर्दशन सोचे अनुरुप हुन नसकेको ज्ञानेन्द्रले बताए । ज्ञानेन्द्र पहिलो इनिङमा शून्य र दोस्रोमा ६ रनमा आउट भएका थिए । एमसीसी आसिर अराफतले नेपालको युवा टोली धेरै प्रतिभावन रहेको बताए । ‘एमसीसीको टोलीमा रहेका अधिकांश खेलाडीले १०/१५ वर्ष देखि नियमित काउन्टी क्रिकेट खेल्दै आएका छन्, ‘उनले भने,’ त्यस्तो टोलीविरुद्ध नेपालको प्रर्दशनलाई खराब भन्न मिल्दैन ।’ पाकिस्ताबाट तीनै फ्रम्र्याट खेलका यासिरले टेष्टमा भारतविरुद्ध डेब्यूमा गरेको प्रर्दशन करिअरमा उच्च रहेको बताए ।

एमसीसीका तीब्र गतिका बलर ओलिभर डल्बीले नेपालको स्पिन बलिङ धेरै राम्रो रहेको बताए । नेपाल सिमित ओभरमा उत्कृष्ट खेल्ने उनको विश्वास छ । इंग्ल्यान्डबाट टेष्ट खेली सकेका टम वेस्टलीले नेपालको स्पिनरहरुको सामना गर्न चुनौतीपूर्ण हुने बताए ।

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

February 25, 2025

अस्ट्रेलिया र दक्षिण अफ्रिकाको खेलमा वर्षा वाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]

Success

Thank you for your time.