default_image

5 years ago

November 8, 2019

यू-१९ च्यालेन्जर सिरिज खेल्ने टोलीको विदाई

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) ले भारतमा हुने यू-१९ च्यालेन्जर सिरिजमा सहभागिता जनाउने नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको छ । शुक्रबार क्यानका सचिव अशोकनाथ प्याकुरेलले टोलीको विदाई गरे।

टोली शनिबार बिहान १० बजे भारततर्फ लाग्ने छ । टोलीका कप्तान रित गौतमले टोलीको लक्ष्य उपाधि जित्ने रहेको बताए । ‘टिम नयाँ छ,नयाँ खेलाडीलाई मौका दिएका छौ, सम्रगमा टोली बलियो छ’,उनले भने ,’ धेरै खेलाडी पहिला पहिला देखि नै यू१९ खेल्दै आएका छन् । मेरिलेबोन क्रिकेट क्लबसँगको प्रर्दशनले टोलीको मनोबल झनै बढाएको छ।’

मेरिलेबोनले जितका लागि ३ सय ३५ रनको लक्ष्य पछ्याएको यू-१९ टोलीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९६ रन जाडेको थियो ।  रितले आफ्नो लागि पनि ठूलो अवसर रहेको बताए । यू१६ को सफल कप्तानी गरि सकेका रित मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद(साग) को पुरुष टोलीको ३५ खेलाडीको सुचिमा  छन् ।

रितले टोलीको बलियो पक्ष ब्याटिङ रहेको बताए । त्यस्तै बाँया हातको चौर औलामा चोटका कारण सुर्य तामाङले भारत भ्रमण गुमाउने छन् । उनको स्थान सागर ढकालले लिएका छन् । भारतको हैदराबादमा कार्तिक २५ देखि मंसिर १ गतेसम्म चल्ने प्रतियोगितामा भारतको ३ टोलीसँगै नेपालको यू-१९ टोलीले प्रतिस्पर्धा गर्ने छ ।

भारतको आधिकारिक यू-१९ प्रतियोगिता समेत रहेको यस प्रतियोगितामा भारत रातो, भारत निलो र भारत पहेंलोसँगै नेपालले प्रतिस्पर्धा गर्नेछ । भारतका शीर्ष यू-१९ खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणमा एक आपससँग खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् भने तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले कार्तिक २५ गते पहेंलो, २७ गते रातो र २९ गते निलो टोलीसंग खेल्नेछ । फाइनल तथा तेस्रो स्थानको खेल मंसिर १ गते हुनेछ ।

यू-१९ क्रिकेट टोली : रित गौतम (कप्तान), लोकेश बहादुर बम, तृतराज दस, विशालविक्रम केसी, खडक बहादुर बोहोरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विवेक कुमार यादव, सागर ढकाल, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिस जिसी, गौतम केसी ।

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

February 25, 2025

अस्ट्रेलिया र दक्षिण अफ्रिकाको खेलमा वर्षा वाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]

February 25, 2025

दोस्रो जितका लागि भिड्दै अस्ट्रेलिया र दक्षिण अफ्रिका

एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]

Success

Thank you for your time.