default_image

5 years ago

November 8, 2019

यू१९ महिला क्रिकेट टोली चीनतर्फ

104 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – चीनमा अर्को साता सुरु हुने यू१९ महिला बी एण्ड आर कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली महिला टोली त्यसतर्फ लागेको छ । शुक्रबार १७ सदस्य टोली टोली चीनतर्फ लागेको हो ।

१७ सदस्य टोलीमा १४ खेलाडी ३ अफिसियल रहेका छन् । त्यसअघि एक कार्यक्रमका बीच शुक्रबारनै खेलाडीलाई औपचारिक विदाई गरिएको थियो । डली भट्ट कप्तान रहेको टोलीमा सिनियर टोलीबाट खेलि सकेकी युवा खेलाडी कविता कुँवर उप कप्तान रहेकी छिन् ।

कप्तान डली भट्टीले नेपालको लक्ष्य उपाधि जित्ने रहेको बताइन् । ‘टोली बलियो छ र सबै खेलाडी खेल्न पनि आतुर छन् । देशको लागि ट्रर्फिनै जित्ने लक्ष्य छ । विपक्ष्यको बारे त्यति थाहा छैन’,उनले भनिन् , ‘हाम्रो बलियो हतियार बलिङ हो, धेरै खेलाडी वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को अनुभव छ । जसको कारण उपाधि जित्नेमा आत्माविश्वासी छौं।’

कप्तान डलीले छोटो समय भएपनि तयारी राम्रो रहेको बताइन् । बी एण्ड आर कप कात्तिक २५ देखी ३० सम्म चीनमा चल्ने छ । राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष टोलीले उपाधि जित्ने छ । नेपाल क्रिकेट संघका पदाधिकारीले टोलीको विदाई गरेका थिए ।

खेल तालिका :

कात्तिक २५ः नेपालविरुद्ध थाईल्यान्ड

कात्तिक २६ : नेपाल विरुद्ध साउदी अरबिया, नेपालविरुद्ध चीन

कात्तिक २८ : नेपाल विरुद्ध मलेसिया

कात्तिक २९ : नेपालविरुद्ध म्यानमार

नेपाली यू१९ महिला टोली : डली भट्ट (कप्तान) ,कविता कुँवर (उपकप्तान), कृतिका मरासैनी, यशोदा विष्ट, सृष्टि जैसी, राजमती ऐरी, इश्वरी विष्ट, लक्ष्मी साउद, खुसी डंगोल, गोमा आले, ज्योती दनुवार, निङ्मा तामाङ, शिला रेग्मी, र लाखिता राजवंशी

अफिसियल टोली : अमृता पौडेल ( व्यवस्थापक), कलाम अली – प्रशिक्षक, सकुना दानी – फिजियो

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

February 25, 2025

अस्ट्रेलिया र दक्षिण अफ्रिकाको खेलमा वर्षा वाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]

February 25, 2025

दोस्रो जितका लागि भिड्दै अस्ट्रेलिया र दक्षिण अफ्रिका

एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]

Success

Thank you for your time.