5 years ago
November 8, 2019
एजेन्सी – तीन टि ट्वान्टी सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई १० विकेटले हराएको छ । योसँगै तीन टि ट्वान्टी सिरिज अष्ट्रेलियाले २-० ले जितेको छ ।
जितका लागि १ सय ७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिायले ११.५ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो । उसका ओपनर तथा कप्तान आरोन फिन्च ५२ र डेविड वार्नर ४८ रनमा अविजित रहे । फिन्चले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । वार्नरले ३५ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन जोडेको थियो । पाकिस्तानका ओपनर इमाम उल हक १४, कप्तान बाबर आजम ६ र इफ्तिखार अहमदले ४५ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । अष्ट्रेलियाका केन रिचड्सनले ३, मिचेल स्टार्क र सीन एर्बोटले समान २ तथा एश्टोन अगरले १ विकेट लिए ।
पहिलो खेल बर्षाको कारण रद्ध हुँदा दोस्रो खेलमा अष्ट्रेलिया ७ विकेटले विजयी भएको थियो ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।