5 years ago
November 8, 2019
एजेन्सी – पाँच टी ट्वान्टी खेलको सिरिज अन्तर्गत चौथो खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ७६ रनले हराएको छ । योसँगै पाँच टि ट्वान्टी सिरिज २-२ को अवस्थामा पुगेको छ ।
२ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १६.५ ओभरमा १ सय ६५ रनमा अल आउट भयो । न्युजिल्यान्डका ओपनर कोलिन मुनरो ३०, मार्टिन गुप्टिल २७, रोश टेलर १४ र कप्तान टिम साउथी ३९ रनमा आउट भए । इंग्ल्यान्डका म्याथ्यू पार्किन्सनले ४ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै क्रिस जोर्डन २, टम करन, साम करन र प्याटिक ब्राउनले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ४१ रन बनायो । जुन इंग्ल्यान्डले टि ट्वान्टीमा बनाएको उच्च योगफल हो । इंग्ल्यान्डका डेविड मालनले आफ्नो टि ट्वान्टी आई करिअरको पहिलो शतक प्रकार गरे । विश्फोटक ब्याटिङ गरेका मालन ५१ बलमा ९ चौका र ६ छक्का सहित १ सय ३ रनमा अविजित रहे । उनले १८ ओभरको अन्तिम बलमा ट्रेन्ट बोल्टलाई छक्का हान्दै आफ्नो पहिलो टि ट्वान्टी शतक पुरा गरेका थिए ।
कप्तान इओन मोर्गनले ४१ बलमा समान ७ चौका र छक्का सहित ९१ रनमा क्याच आउट भए । साउथीले मोर्गनलाई अन्तिम ओभरको चौथो बलमा मिचेल सान्टनारबाट क्याच आउट गराएका थिए । तेस्रो विकेटका लागि मोर्गन र मालनले १ सय ८२ रनको साझेदारी गर्दै विशाल योगफल सम्म पुर्याए । जुन टि ट्वान्टीमामा इंग्ल्यान्डका ब्याट्सम्यानले गरेको कुनै पनि विकेटका लागि गरेको उच्च साझेदारी समेत हो ।
ओपनर टम ब्यान्टन ३१ र जोनी बेयरस्टो ८ रनमा आउट भए । इंग्ल्यान्डका मिचेल सान्टनारले २ तथा टिम साउथीले १ विकेट हात पारे । पाँचौ तथा निर्णायक खेल आगमी आइतबार हुने छ ।
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]