5 years ago
November 8, 2019
एजेन्सी – डेविड मलानको शतक र इओन मोर्गनको विश्फोटक ब्याटिङमा इंग्ल्यान्डले पाँच टि ट्वान्टी सिरिज अन्तर्गत चौथो खेलमा न्युजिल्यान्डलाई २ सय ४२ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ४१ रन बनायो । जुन इंग्ल्यान्डले टि ट्वान्टीमा बनाएको उच्च योगफल समेत हो ।
इंग्ल्यान्डका डेविड मलानले आफ्नो टि ट्वान्टी आई करिअरको पहिलो शतक प्रकार गरे । विश्फोटक ब्याटिङ गरेका मलान ५१ बलमा ९ चौका र ६ छक्का सहित १ सय ३ रनमा अविजित रहे । उनले १८ ओभरको अन्तिम बलमा ट्रेन्ट बोल्टलाई छक्का हान्दै आफ्नो पहिलो टि ट्वान्टी शतक पुरा गरेका थिए ।
कप्तान इओन मोर्गनले पनि विश्फोटक ब्याटिङ गर्दै ४१ बलमा समान ७ चौका र छक्का सहित ९१ रनमा क्याच आउट भए । साउदीले मोर्गनलाई अन्तिम ओभरको चौथो बलमा मिचेल सान्टनारबाट क्याच आउट गराएका थिए । तेस्रो विकेटका लागि मोर्गन र मलानले १ सय ८२ रनको साझेदारी गर्दै विशाल योगफल सम्म पुर्याए । जुन टि ट्वान्टीमामा इंग्ल्यान्डका ब्याट्सम्यानले गरेको कुनै पनि विकेटका लागि गरेको उच्च साझेदारी समेत हो ।
ओपनर टम ब्यान्टन ३१ र जोनी बेयरस्टो ८ रनमा आउट भए । इंग्ल्यान्डका मिचेल सान्टनारले २ तथा टिम साउथीले १ विकेट हात पारे ।
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]