5 years ago
November 8, 2019
काठमाडौं(हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालसँगको तीन दिवसिय प्रमथ श्रेणीमा खेलमा ३ सय ९३ रनको विशाल लक्ष्य दिएको छ । तेस्रो दिन पहिलो सेसनमा एमसीसीले ३६ ओभरमा १८१-६ को दोस्रो इनिङ समाप्तीको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दिएको हो ।
पहिलो इनिङमा २ सय ११ रनको अग्रता लिएको एमसीसीले सम्रगमा ३ सय ९२ रनको अग्रता लिएको हो । तेस्रो दिन एमसीसीले २१ ओभरमा ९१–२ को अवस्थाबाट सुरु गरेको थियो । तेस्रो दिन उसका टम वेस्ट्ली ३४ रनमा क्याच आउट भए । वेस्ट्लीलाई सोमपाल कामीले शरद भेषवाकरबाट क्याच आउट गराएका थिए ।
करण केसीले माइल्स हामान्डलाई ११ रनमा बोल्ड आउट गरे । करणलेनै ३५ ओभरमा एड योङलाई ३१ रनमा बोल्ड आउट गरे । ओपनर विल रोड्सलाई ३० र बिली गोडलम्यान ३९ रनमा दोस्रो दिन आउट भएका थिए । नेपालका करण केसीले ३, सोमपाल कामी, ललित नारायण राजवंशी र पवन सरार्फले १-१ विकेट लिए ।
विहीबार पहिलो इनिङमा नेपाल ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । लेग स्पिनर सन्दीप लामिछानेले २१ बलमा ४ छक्का र २ चौका सहित ३९ रनमा अविजित रहे । विनोद भण्डारीले ३६ रन जोड्दा सोमपाल कामीले २६ रनको योगदान दिए । विनोदले ५ र सोमपालले ४ चौका प्रहार गरे ।
विनोद भण्डारी र सोमपाल कामीले छैटौ विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । यासिर अराफातले कप्तान ज्ञानेन्द्र मल्ललाई पहिलो ओभरको चौथो बलमा शून्यमा पेभिलिएनको फर्काए । यासिरले पाँचौ ओभरको दोस्रो बलमा शरद भेषवकरलाई ४ रनमा आउट गरे । नवौं ओभरको तेस्रो बलमा राजु रिजाल ८ रनमा आउट भए ।
दीपेन्द्र सिंह ऐरी १, आरिफ शेख १० पवन सरार्फ र करण केसी समान २ रनमा आउट भए । एमसीसीका यासिर अराफात र एलेक्स थम्पसनले समान ३ विकेट लिए । त्यसअघि एमसीसी पहिलो इनिङमा ३ सय ६४ रनमा अल आउट भएको थियो । उसका यासिर अराफात ६५, विल रोड्स ७३, माइल्स हमान्ड ५२, विल भानडसपार ५३ र टम वेस्ट्लीले ३९ रन जोडेका थिए । नेपालका सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । सोमपाल कामी र करण केसीले २–२ विकेट लिए ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]