5 years ago
November 8, 2019
एजेन्सी – पाकिस्तान सुपर लिग (पीएसएल) को आगमी संस्करणको ड्राफ्ट लागि नेपाल क्रिकेट संघ (क्यान)ले ५ नेपाली क्रिकेटरको नाम पठाएको जनाएको छ । क्यानले शुक्रबार सामाजिक सञ्जाल मार्फत ५ खेलाडीको नाम सार्वजनिक गरेको जनाएको छ ।
क्यानका अनुसार विकेटकीपर विनोद भण्डारी, तीब्र गतिका बलर करण केसी, अलराउन्डर पवन सरार्फ, स्पिनर ललित नारायण राजवंशी र आरिफ शेखको नाम पठाएको जनाएको छ । पाकिस्तान सुपर लिग आगमी फ्रेबुअरी २० देखी २२ मार्च सम्म पाकिस्तानमा हुने बताईएको छ ।
ड्राफ्टको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पाकिस्तान क्रिकेट बोर्डलाई पठाउने क्यानले जनाएको छ । क्यानले तीब्र गतिका बलर सोमपाल कामी, अभिनास बोहोरा, पुर्व कप्तान पारस खड्का लगातको नाम भने पठाएको छैन ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]