default_image

5 years ago

November 9, 2019

वैकल्पिक सुचिमै नरहेका सागर यू१९ टोलीमा!

434 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)–नेपाली यू-१९ क्रिकेट टोली भारतमा हुने यू-१९ च्यालेन्जर कपका लागि शनिवार  भारतको हैदरावाद प्रस्थान  प्रस्थान गर्दै छ । तर नेपाली यू१९ टोलीमा वैकल्पिक सुचिमै समेत नभएका स्पिनर सागर ढकाललाई यू१९ टोलीमा बोलाईएको छ ।

यसअघि घोषित टोलीमा रहेका स्पिनर सूर्य तामाङ घाइते भएपछि उनको स्थानमा लामो समयदेखि यू-१९ क्रिकेट खेल्दै आएका सागरले टोलीमा स्थान बनाएका हुन् । सिनियर टोलीकै क्याम्पमा परिसकेका सागरलाई वैकल्पिकको सुचिमा नहुँदा नहुँदै सिधै अन्तिम टोलीमा समावेश गरिएको हो । गत बुधबार फिल्डिङको क्रममा अफ स्पिनर स्पिनर सुर्य तामाङ घाइते हुँदा बायाँ हातको चोर औलामा चोट लागेपछि उनले भारत भ्रमण गुमाउने भएका हुन् ।

पूर्वघोषित टोलीमा भारत भ्रमणका लागि वैकल्पिक सुचिमा दीपक बोहरा, दुर्गेश गुप्ता, निखिल कुमार सिंह र सोनु देवकोटा छन् । सोनु स्पिनर हुन् भने दीपक बोहरा र निखिलकुमार सिंह ब्याटिङ अलराउन्डर हुन् । दुवै खेलाडीले यसअघि यू-१६ उमेर समूहमा स्पिन बलिङमा आफ्नो खुवी प्रस्तुत गरिसकेका छन् । सोनु भने पहिलो पटक टोलीमा पर्ने प्रयासमा थिए ।

औपचारिक प्रतियोगिता नभएका कारण नयाँ खेलाडीले मौका पाउने धेरैले अपेक्षा गरेका थिए । तर प्रशिक्षक दासले भने टोली बलियो बनाउन सागरलाई समेटिएको जानकारी दिए । सागरलाई टोलीमा समावेश गर्ने विषयमा दासको धारणा यस्तो थियो :

‘वैकल्पिक खेलाडी नै ल्याउनुपर्छ भन्ने त्यो कहाँको नियम हो र ? हामीलाई जस्तो खेलाडी चाहिँएको हो त्यस्तै खेलाडीलाई रिप्लेश गछौं’ ,दासले भने ।

वैकल्पिक खेलाडी नलिने भएपछि उसलाई राख्नुको अर्थ के रह्यो र ? भन्ने प्रश्नमा दासले भने, ‘यो आईसीसीको आधिकारीक प्रतियोगिता नभएर हामीलाई एक्सपोजरको लागि हो । भारत भ्रमण एउटा मौका हो, हामीले भारत भ्रमणमा टोली बलियो बनाउनु पर्छ, त्यहाँ गएर राम्रो गर्न सकेनौ भने अर्को पटक हामीलाई मौका नमिन्न पनि सक्छ,’ उनले भने ।

‘वैकल्पिकबाटै छान्नु पर्छ भन्ने केहि छैन । यदी आईसीसीको अफिसियल प्रतियोगिता भएको वैकल्पिक लैजान्थ्यौ होला र बाध्यता पनि हुन्थ्यो होला । जुन खेलाडी घाइते भएको छ त्यहि रोल निभाउन सक्ने खेलाडी वैकल्पिक सुचिमा छैन भने अनुरोध गरेर लिन सकिन्छ’ ,दासले भने, ‘वैकल्पिक सुचिमा रहेका खेलाडी सूर्यको आवश्यकता पूरा गर्न नसक्ने भएपछि उसको स्थानमा बाहिरबाट बोलाउन त मिल्यो नि । सागर हाम्रो प्रशिक्षणमा थियो । सुर्यले मौका नपाएको कारण उसलाई भारत भ्रमणमा मौका दिन खोजेको हो । दुर्भाग्य उ खेल्न नसक्ने भयो र सागरलाई बोलाएका हौं ।’

भारत भ्रमणको लागि घोषित नेपाली टोली :

रित गौतम (कप्तान), लोकेश बहादुर बम, तृतराज दास, विशाल विक्रम केसी, खडक बहादुर बोहरा, अभिषेक बस्नेत, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विवेककुमार यादव, सागर ढकाल, तिलक राज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिस जि.सी र गौतम केसी ।

वैकल्पिक खेलाडी :

दीपक बोहोरा, दुर्गेश गुप्ता, निखिलकुमार सिंह र सोनु देवकोटा ।

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

February 25, 2025

अस्ट्रेलिया र दक्षिण अफ्रिकाको खेलमा वर्षा वाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]

February 25, 2025

दोस्रो जितका लागि भिड्दै अस्ट्रेलिया र दक्षिण अफ्रिका

एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]

Success

Thank you for your time.