5 years ago
November 7, 2019
एजेन्सी – तीन टि ट्वान्टी खेलको सिरिज अन्तर्गत दोस्रो खेलमा बंगलादेशले भारतलाई १ सय ५४ रनको मध्यम लक्ष्य दिएको छ । राजकोटमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन बनायो ।
पहिलो विकेटका रुपमा ओपनर लिटन दास र मोहम्मद नइमले ७.२ ओभरमा ६० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । रन आउटको शिकार बन्नु अघि दासले २१ बलमा ४ चौका सहित २९ जोडे । त्यस अघि दासले दुई पटक सम्म जीवनदान पाएका थिए । नईम ३६ रनमा क्याच आउट भए । ११ औं ओभरको तेस्रो बलमा वाशिन्टन सुन्दरले श्रेयस ऐरबाट क्याच आउट गर्नुअघि उनले ३१ बलमा ५ चौका प्रहार गरे ।
मुश्फिकुर रहीम ४ रनमा क्याच आउट भए । सौम्य सरकार २० बलमा २ चौका र १ छक्का सहित ३० रनमा आउट भए । रहिम र सरकार एकै ओभरमा आउट भएपछि बंगलादेशको रनको गति रोकिएको थियो । अफिफ हुसेन ६ रनमा आउट भए । बंगलादेशका कप्तान महमुदुल्लाह २० बलमा ४ चौका सहित ३० रनमा क्याच आउट भए । मोसाद्देक हुसेन ७ र अमीनुल स्लाम ५ रनमा अविजित रहे ।
पहिलो टि ट्वान्टी खेलमा १९ औं ओभरमा अन्तिम चार बलमा लगातार चार चौका खर्चिएका खलिल अहमदले आज दोस्रो ओभरको सुरुवाती तीन बलमा तीन चौका खर्चिए । भारतका स्पिनर युजभेन्द्र चाहलले २ विकेट लिए । खलिल अहमद, दीपक चाहर र वाशिन्टन सुन्दरको नाममा समान १ विकेट रह्यो ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।