5 years ago
November 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली क्रिकेट टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी सँग पहिलो इनिङमा ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको छ । नेपाल एमसीसीसँग पहिलो इनिङमा २ सय ११ रनले पछि परेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३९ रनको योगदान दिए । सन्दीप ४ छक्का र २ चौका सहित ३९ रनमा अविजित रहे । अन्तिम विकेटका लागि सन्दीप र ललित नारायण राजवंशीले ४२ रनको साझेदारी गरेका थिए ।
खराव सुरुवात गरेको नेपाललाई विनोद भण्डारी र सोमपाल कामीले छैटौं विकेटका लागि ७५ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । ३६ औं ओभरको तेस्रो बलमा विनोद भण्डारी ३६ रनमा आउट भए । भण्डारीले ५ चौका सहित ३६ रन जोडे ।
सोमपाल कामी ४ चौका सहित २६ रनमा आउट भए । यासिर अराफातले कप्तान ज्ञानेन्द्र मल्ललाई पहिलो ओभरको चौथो बलमा शून्यमा पेभिलिएन फर्काए । यासिरले पाँचौ ओभरको दोस्रो बलमा शरद भेषवकरलाई ४ रनमा आउट गरे ।
नवौं ओभरको तेस्रो बलमा अर्का ओपनर राजु रिजाल पनि ८ रनमा आउट हुन पुगे । दीपेन्द्र सिंह ऐरी १६ औं ओभरमा १ रनमा आउट भएपछि नेपाल २१ –४ को कमजोर अवस्थामा पुगेको थियो ।
आरिफ शेख २० औं ओभरमा १० रनमा क्याच आउट भए । आरिफले ५२ बलमा १ चौका प्रहार गरे । पवन सरार्फ र करण केसी समान २ रनमा क्याच आउट भए । पहिलो इनिङमा ३ सय ६४ रन बनाएको एमसीसी दोस्रो इनिङ्समा ब्याटिङको लागि उत्रेको छ ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]