5 years ago
November 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले बंगलादेशमा अर्को सातादेखि हुने इमर्जिङ नेसन्स कपका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ ।
क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरेको टोलीमा कुशल भुर्तेल पहिलो पटक सिनियर टोलीमा परेका छन् । पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछाने यूएईमा हुने टि टेनका कारण टोलीमा रहेका छैनन् । दुवैले संघका लिखित रुपमा टि१० खेल्न नो अब्जेक्सन लेटर दिन आग्रह गरेका थिए ।
इमर्जिङ टिम्स एसिया कप कात्तिक २८ देखी मंसिर ७ सम्म बंगलादेशमा हुने छ । समुह बीमा रहेको नेपालसँगै भारत, बंगलादेश र हङकङ रहेका छन् । समुह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान छन् । यूएईले आफ्नो नाम फिर्ता लिएपछि नेपालले मौका पाएको हो ।
नेपालले भारतसँग कात्तिक २८, हङकङसँग कात्तिक ३० र मंसिर २ मा बंगलादेशसँग खेल्ने छ । समुह चरणका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनल मंसिर ४ र ५ गते हुने छ । फाइनल मंसिर ७ मा हुने छ ।
नेपाली टोली :
ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्र सिंह ऐरी, शरद भेषवकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, इशान पाण्डे, मोहम्मद आरिफ शेख, अभिनाश बोहोरा र कुशल भुर्तेल
अफिसियल:
प्रशान्तबिक्रम मल्ल – व्यवस्थापक, उमेश पटवाल – प्रमुख प्रशिक्षक, रमन शिवाकोटी – भिडियो एनालिष्ट र विक्रम न्यौपाने – फिजियो
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]