5 years ago
November 6, 2019
एजेन्सी – किंग्स इलेभेन पन्जाबका कप्तान तथा भारतीय सफल स्पिनर रविचन्द्रन आश्विन इन्डियन प्रिमियर लिग(आईपीएल) आगामी संस्करणका लागि दिल्ली क्यापिटल्समा आबद्ध भएका छन् ।
लामो समय देखि आश्विनलाई भित्र्याउन दिल्लीले प्रयास गरिरहेको थियो । केहि समय अघि दिल्ली नजाने मनासय बनाएका आश्विन अन्तत: जाने निर्णय लिएका हुन् । चार लेग स्पिनर रहेको दिल्लीमा अफ स्पिनर आश्विनको आगमनले टोलीमा सन्तुलन हुने अनुमान गरिएको छ । दिल्लीमा सन्दीप लामिछाने सहित मंयक मारकन्ड,अमित मिश्रा र राहुल तेवतिया गरि दिल्लीकामा चार लेग स्पिनर रहेका छन् ।
आईपीएलको अक्सन आगमी डिसेम्बर १९ मा कोलकतामा हुँदै छ । त्यसअघि नै दिल्लीले आश्विनलाई भित्र्याएको हो । योसँगै दिल्लीले चार मध्य दुई लेग स्पिनरलाई रिलिज गर्न सक्ने संभावना बढेको छ । केहि समय अघि वेस्ट इन्डिजका अलराउण्डर शरफेन रदरफोर्डलाई मुम्बईमा पठाउँदै मारकन्डेलाई टोलीमा भित्र्याएको थियो ।
आश्विन दिल्ली गएसँगै पञ्जावको कप्तान केएल राहुल बन्न सक्ने संभावना रहेको भारतीय मिडियाले जनाएका छन् । आईपीएलको अक्सन अघि सबैभन्दा बढि खर्च गर्न पाउने रकम सन्दीप सम्मिलित दिल्लीसँगनै रहेको छ । दिल्लीसँग ७.७ करोड भारतीय रुपैंया रहेको आईपीएल सञ्चालन परिषदले जनाएको छ । सन् २०१८ मा २० लाख भारतीय रुपैंयामा तीन बर्षको लागि अनुबन्ध भएका सन्दीपको दिल्लीसँग यो संस्करणनै अन्तिम हुने छ ।
सन् २०१८ मा ३ खेलमा मात्रै मौका पाएका सन्दीपले ५ विकेट लिएका थिए । गएको संस्करणमा ६ खेल खेल्दा अन्य सबैमा बेन्च बस्नु परेको थियो । गत संस्करणमा सन्दीपले ६ खेलमा ८ विकेट लिएका थिए ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]