5 years ago
November 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो संस्करणको जित बहादुर खड्का स्मृति पाँचपोखरी सुपर ८ क्रिकेट प्रतियोगिता आगमी मंसिरमा हुने भएको छ ।
तेस्रो जित स्मृती पाँच पोखरी सुपर८ क्रिकेट मंसिरमा ११ देखी १४ सम्म शेराफाँटमा हुने आयोजक पाँच पोखरी क्रिकेट क्लबले जनाएको छ । पारा ओलम्पियन खेलाडी स्व.जित को २०७२ को विनाशकारी भुकम्पमा परि मृत्यु भएको थियो। देशको नाम उच्च पारेका उनको नाम गुमनाम हुन नदिन यस अघिका दुवै वर्षमा गरेको र यो वर्ष गर्ने पाँचपोखरी क्रीकेट क्लबका संस्थापक अध्यक्ष विजय कुमार धितालले जानकारी दिए ।
धितालका अनुसार खेल ८ ओभरको हुने छ । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका विभिन्न टिमको सहभागीतामा रहने छ । विजेताले ७५ हजार र उप विजेताले ३५ हजार प्राप्त गर्ने छन् । मंसिर २ सम्म टिम दर्ता गर्न पाइने आयोजकले जनाएको छ ।
पाँच पोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोकका क्रिकेट अभियन्ता अजय कुमार धिताल, उत्सब धिताल, बिजय खत्री, राजन धिताल, अजय खत्री लगायतको अगुवाइमा पाँच पोखरी क्रिकेट क्लबको आयोजना यस प्रतियोगिता हुदै आएको छ ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]