5 years ago
November 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले प्रथम श्रेणीको खेलमा डेब्यू गर्दै छन् ।
बुधबार टियू क्रिकेट मैदानमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) हुने थ्रि डे प्रथम श्रेणीको खेलबाट डेब्यू गर्ने छन् । नेपालले पहिलो पटक सन् २००४ मा प्रथम श्रेणी खेलेको थियो । सन् २००५ मा मार्चमा यूएईसँग कीर्तिपुरमा खेले त्यसयता नेपालले प्रथम श्रेणीको खेलेको छैन । नेपालले १४ वर्षपछि प्रथम श्रेणी खेल्न लागेको हो । गत वर्ष श्रीलंकामा खेल्ने भने पनि वर्षाको कारण रद्ध भएको थियो । प्रथम श्रेणी फर्किनुमा आफु र नेपाल क्रिकेट दुबैको लागि खुसिको कुरा भएको मल्ल बताउँछन् ।
हामी नेपाली क्रिकेटलाई अघि बढाउने सोचि रहेका छौं र त्यसैको लागि सधैं डे क्रिकेटको कुरा गछौं । पुन रेड बल र ह्वाइट ड्रेसमा खेल्न पाउनु ठूलो कुरा हो । घरेलु क्रिकेटमा डे क्रिकेटनै भएको छैन त्यसैले हामीलाई चुनौती पनि छु,मल्लले भने ।
ज्ञानेन्द्रको औपचारिक कप्तानी
ज्ञानेन्द्र कात्तिक १३ गते नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए । एमसीसी विरुद्धको प्रथम श्रेणीनै मल्लको पहिलो अन्तर्राष्ट्रिय कप्तानी खेल हुने छ । एमसीसीको एक दिवसिय खेलले अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन ।
दुई खेलाडीमा प्रथम श्रेणीको अनुभव
घोषणा टोलीमा सोमपाल कामी र शरद भेषवाकरले भने प्रथम श्रेणी खेलि सकेका छन् । पछिल्लो १४ वर्षमा नेपालबाट प्रथम श्रेणी क्रिकेट खेल्ने सोमपाल एक्लो खेलाडी हुन् । सोमपालले सन् २०१५–१६ मा श्रीलंकाको सारासेन्स स्पोट्र्स क्लबाट प्रथम श्रेणी खेलेका थिए । शरदले सन् २००४ मा यूएईविरद्ध प्रथम श्रेणीमा डेब्यू गरेका थिए । यी दुई बाहेक अन्यमा प्रथम श्रेणीको अनुभव छैन ।
नेपाललाई चुनौती
प्रथम श्रेणीमा नेपाललाई ठूलो चुनौती हुने देखिएको छ । घरेलु क्रिकेटमा टि ट्वान्टी र वान डे मात्र हुँदै आएको छ । सिमित ओभरमा भिजेका खेलाडी एक्कासी रेड बलमा थि डे खेल्न कठिन हुने अनुमान गरिएको छ ।
राजु र जितेन्द्रको प्रर्दशनमा नजर
तीब्र गतिका बलर जितेन्द्र सिंह मुखिया र विकेटकीपर राजु रिजालको प्रर्दशनमाथि धेरैको नजर रहने छ । योर्कर परिचित मुखिया सन् २०१५ पछि सिनियर टोलीमा पर्न संघर्षरत छन् । चोटका कारण उनि लामो समय मैदान बाहिरनै रहनु पर्यो ।
त्यस्तै विकेटकीपर राजु रिजाल सन् २०१७ पछि खराब लयका कारण सिनियर टोलीमा छैनन् । कमब्याक गर्न संघर्षरत रिजालले गत जेठमा प्रधानमन्त्री एक दिवसिय कपमा त्रिभुवन आर्मीबाट खेल्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । नेपाली सिनियर टोलीमा ब्याकपअप विकेटकीपरको अभाव छ । जसको कारण युवा खेलाडी राजुको प्रर्दशनमाथि सबैको नजर रहने छ ।
पारस खेल्ने संभावना!
पारस प्रथम श्रेणीको घोषणा टोलीमा छैनन् । तर उनले प्रथम श्रेणी खेल्ने संभावना रहेको छ । एमसीसीसँगको एक दिवसिय खेलमा टोलीमा नरहेका पवन सरार्फ र अभिनाष बोहोरालाई नेपालले मैदान उतारेको थियो । त्यस्तै टोलीमा नरहेपनि टिम व्यवस्थापनले सबैलाई आश्चर्य पार्दै पुर्व कप्तान पारसलाई मैदान नउतार्ला भन्न सकिदैन । बुधबार कम्तिमा ६,७ जना खेलाडीले प्रथम श्रेणीमा डेब्यू गर्ने संभावना देखिन्छ ।
प्रथम श्रेणीको लागि नेपाली टोली :
ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, वसन्त रेग्मी, बिनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र मुखिया, करण केसी, ललित नारायण राजवंशी, पवन सरार्फ, राजु रिजाल, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भषवकर र सोमपाल कामी
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]