default_image

5 years ago

November 4, 2019

नेपालले फागुनमा एसीसी इस्टर्न रिजन टि-२० खेल्ने

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले फागुन तेस्रो साता थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन पुरुष टि-२० प्रतियोगिता खेल्ने भएको छ ।

सन् २०२० मा हुने एसीसी एसिया कप २०२० को छनोटको रुपमा रहेको यस प्रतियोगिता पहिलो चरणको छनोट प्रतियोगिता हो । इस्टर्न रिजनबाट उत्कृष्ट दुई टोली र वेस्टर्न रिजनबाट उत्कृष्ट दुई टोली गरेर अगस्टमा अन्तिम चरणको छनोट हुनेछ । उक्त छनोटबाट एक टोली एसिया कपका लागि छनोट हुनेछ । सन् २०२० को एसिया कप सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने कार्यक्रम रहेको छ । यद्यपी पाकिस्तानले प्रतियोगिताका केहि खेल पाकिस्तानमा खेलाएर अन्य खेल यूएईमा खेलाउने सम्भावना रहेको छ ।

इस्टर्न रिजनमा नेपालसहित आयोजक थाइल्याण्ड, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया र सिंगापुर रहेका छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल पुग्ने दुई टोली अन्तिम चरणको प्रतियोगिताका लागि छनोट हुनेछन् ।

नेपाली सिनियर टोली यसअघि सन् २०१८ को एसिया कप छनोटको अन्तिम चरणमा पराजित भएको थियो । त्यसबेला अन्तिम चरणमा सहभागी ६ टोलीमध्य नेपाल चौथो स्थानमा रहेको थियो । उक्त छनोटमा हङकङले यूएईलाई पराजित गर्दै एसिया कप खेलेको थियो । नेपालले त्यसबेला इस्टर्न रिजनमा भने कीर्तिमानी प्रदर्शन गरेको थियो ।

फागुनमा इस्टर्न रिजन हुने भएसँगै यसअघि निर्धारित एभरेस्ट प्रिमियर लिग (ईपीएल) को आयोजनामा भने अन्यौल पैदा भएको छ । आयोजकले इस्टर्न रिजनको खेलतालिका बारे जानकारी नभएका कारण छिट्टै विकल्प खोजिने बताएको छ ।

February 25, 2025

दोस्रो जितका लागि भिड्दै अस्ट्रेलिया र दक्षिण अफ्रिका

एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

Success

Thank you for your time.