default_image

5 years ago

November 4, 2019

पवनको अलराउन्ड प्रदर्शनमा एमसीसीमाथि नेपालको जित

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले लेगसी टुरअन्तर्गत दोस्रो खेलमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई ५ विकेटले पराजित गरेको छ । जितका लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३७.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा विकेटकीपर विनोद भण्डारीले ५२ रनको अविजित अर्धशतकीय इनिङ खेले । अर्धशतकीय इनिङ खेलेका भण्डारीले ४ चौका र २ छक्का प्रहार गरे । भण्डारीले ३८ ओभरको तेस्रो बलमा चौका प्रहार गर्दै नेपालको जित जिताउनुको साथै आफ्नो अर्ध शतक पुरा गरेका थिए । पवन सरार्फले आक्रमक ब्याटिङ गर्दै ४ चौका र २ छक्का सहित ३८ रनमा अविजित रहे । पवन र विनोदले छैटौं विकेटका लागि नटआउट ६९ रनको साझेदारी गरे ।

यासिर अराफातले पहिलो ओभरको दोस्रो बलमै ओपनर इशान पाण्डे ४ रनमा पेभिलिएन फर्काएका थिए । यासिर अराफातले पाँचौ ओभरको तेस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई १० रनमा क्याच आउट गराए । मल्लले २ चौका प्रहार गरे । १८ ओभरको दोस्रो बलमा शरद भेषवकर ४ चौका सहित २४ रनमा क्याच आउट भए । शरद आउट भएलगतै दीपेन्द्र सिंह ऐरी २३ रनमा क्याच आउट हुन पुगे । दीपेन्द्रले २ छक्का प्रहार गरे । २९ औं ओभरमा आरिफ ३ चौका सहित २३ रनमा क्याच आउट भए । नेपालले ३१ रन एक्स्ट्रा पाएको थियो ।

त्यसअघि सोमबार विहान टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एमसीसी ४० औं ओभरमा २ सय १ रनमा अल आउट भएको थियो । एक समय विशाल योगफलतर्फ अग्रसर देखिएको एमसीसी स्पिनर पवन सर्राफ र ललितनारायण राजवंशीको प्रदर्शनसँगै मध्यम स्कोरमा समेटिएको थियो । ओपनर विल रोड्सले सर्वाधिक ५४ रनको योगदान दिए । २७ औं ओभरको अन्तिम बलमा ललितले रोड्सलाई क्याच आउट ४ चौका प्रहार गरे ।

अर्का ओपनर ओपनर बिली गोडलम्यानले ५२ रन जोडे । ११ औं ओभरको तेस्रो बलमा पवन सरार्फले आरिफ शेखबाट क्याच गर्नु अघि बिलीले ६ चौका र २ छक्का प्रहार गरे । पहिलो विकेटका लागि विल रोड्स र बिली गोडलम्यानले १०.३ ओभरमा ७३ रनको साझेदारी गरेका थिए । ललित नारायण राजवंशीले इंग्ल्यान्डबाट टेष्ट खेली सकेका टम वेस्टलीलाई १९ ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट गरे ।

अभिनासले २८ औं ओभरको चौथो बलमा विल भानडरसपारलाई आरिफ शेखबाट ३६ रनमा क्याच आउट गराए । उनले ३ चौका र २ छक्का प्रहार गरे । २९ ओभरको पाँचौ बलमा ललितले विकेटकीपर विनोद भण्डारी स्टम्पिङ आउट गराउँदै ३ रनमा पेभिलिएन फर्काए । कप्तानी जिमी एडम्सलाई पवन सरार्फले ३२ ओभरको चौथो बलमा १० रनमा बोल्ड आउट गरे ।

क्यालम ज्याक्सनलाई ललितले ३७ ओभरमा ८ रनमा आउट गरे । एलेक्स थप्सनलाई पवन सरार्फले १६ रनमा क्याच आउट गराए । ललित नारायण राजवंशी र पवन सरार्फले समान ४ विकेट लिए । तीब्र गतिका बलर अभिनास बोहोरा र करण केसीले १-१ विकेट लिए ।

February 25, 2025

दोस्रो जितका लागि भिड्दै अस्ट्रेलिया र दक्षिण अफ्रिका

एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

Success

Thank you for your time.