5 years ago
November 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर टोलीविरुद्ध मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) ले मध्यम प्रर्दशन गरिरहेको छ । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एमसीसीले ३२ ओभरमा १ सय ७९ रन बनाउँदा ६ विकेट गुमाएको छ ।
एमसीसीका लागि ओपनर बिली गोडलम्यान ५२ रनमा आउट भए । ११ औं ओभरको तेस्रो बलमा पवन सरार्फले आरिफ शेखबाट क्याच गर्नु अघि बिलीले ६ चौका र २ छक्का प्रहार गरे । पहिलो विकेटका लागि विल रोड्स र बिली गोडलम्यानले १०.३ ओभरमा ७३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । ललित नारायण राजवंशीले टम वेस्टलीलाई १९ ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाए ।
२७ औं ओभरको अन्तिम बलमा ललितले रोड्सलाई ५४ रनमा क्याच आउट गराउँदै नेपाललाई खेलमा फर्काउन खोजेका छन् । रोड्सले २२ ओभरको अन्तिम बलमा बिक्रम शोबलाई चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए । रोड्सले ४ चौका प्रहार गरे । रोड्स दुई पटक जीवनदान पाएका थिए ।
अभिनासले २८ औं ओभरको चौथो बलमा विल भानडरसपारलाई आरिफ शेखबाट ३६ रनमा क्याच आउट गराए । उनले ३ चौका र २ छक्का प्रहार गरे । २९ ओभरको पाँचौ बलमा ललितले विकेटकीपर विनोद भण्डारीबाट स्टम्पिङ आउट गराउँदै ३ रनमा पेभिलिएन फर्काएका छन् । कप्तान जिमी एडम्स १० रन जोड्दै पवनको बलमा बोल्ड भए । क्यालम ज्याक्सन ५ रनमा खेलि रहेका छन् । नेपालका ललित नारायण राजवंशीले ३, पवन सर्राफले २ तथा अभिनाष बोहोराले विकेट लिइसकेका छन् ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]