5 years ago
November 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर बिली गोडलम्यानले आक्रमक अर्धशतक जोडेपछि नेपाली सिनियर टोलीविरुद्ध मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) ले उत्कृष्ट सुरुवात गरेको छ ।
टस जितेर ब्याटिङ थालेको एमसीसीले ११ ओभरमा ७४ रन बनाउन १ विकेट गुमाएको छ । उसका ओपनर बिली गोडलम्यानले आक्रमक अर्ध शतक पुरा गरेर आउट भएका छन् । उनले ११ ओभरको पहिलो बलमा पवन सरार्फको बलमा १ रन लिँदै अर्धशतक पुरा गरेका हुन् । बिली ५२ रनमा आरिफ शेखको हातबाट क्याचआउट भएका हुन् । पवन सरार्फले ११ ओभरको तेस्रो बलमा आरिफ शेखबाट क्याच आउट गराउनु अघि बिलीले ६ चौका र २ छक्का प्रहार गरे ।
पहिलो विकेटका लागि विल रोड्स र बिली गोडलम्यानले १०.३ ओभरमा ७३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका छन् । क्रिजमा रोड्स १९ र टम वेस्टली १ रनमा खेलि रहेका छन् । त्यसअघि विकेटकीपर विनोद भण्डारीले करण केसीको पाँचौ ओभरको तेस्रो बलमा विल रोड्सलाई ८ रनमा खेलि रहेको बेला क्याच छाड्दै जीवनदान दिएका थिए ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]