5 years ago
November 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध आज हुन लागेको ५० ओभरको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली पूर्व कप्तान पारस खड्का र स्पिनर सन्दीप लामिछाने बिना नै उत्रने भएको छ ।
खेलको टसका क्रममा एमसीसीका कप्तान जिमी एडम्सले टस जितेर ब्याटिङ रोजेका छन् । कप्तान ज्ञानेन्द्र मल्लले बुझाएको १४ खेलाडीको सुचिमा दुवै पारस र सन्दीप रहेका छैनन् । नेपालको सुरुवाती ११ मा मुख्य स्पिनरका रुपमा ललितनारायण राजवंशीको मात्र नाम रहेको छ । उनलाई पवन सर्राफ र शरद भेषावकरले स्पिनमा साथ दिनेछन् । वसन्त रेग्मी चोटका कारण अनुपस्थित रहेका छन् ।
तीव्र गतिका बलरका रुपमा विक्रम सोब, करण केसी र अभिनाश बोहोरा छन् । सोमपाल कामीलाई पनि विश्राम दिइएको छ । सोमपालसँगै रोहित पौडेल र सन्दीप जोराको नाम भने १४ खेलाडी सुचिमा छ ।
नेपालको प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल (कप्तान), इशान पाण्डे, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, पवन सर्राफ, करण केसी, ललित नारायण राजवंशी, विक्रम सोब, अभिनाश बोहोरा
एमसीसी :
जिमी एडम्स (कप्तान), विल रोड्स, क्यलम ज्याक्सन, बिलि गोडलम्यान, टम वेस्टली, विल भानडरसपार, माइल्स ह्यामन्ड, एलेक्स थम्प्सन, यासिर अरफत, क्रिस राइट, ओलिभर ह्यानन-डाल्बी
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]