5 years ago
November 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग एक दिवसिय खेल खेल्दै छ । खेल विहान ९ : ३० बाट टियु क्रिकेट मैदानमा सुरु हुने छ । नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपाली टोली मैदान उत्रने छ ।
पहिलो खेलमा एमसीसीले नेपाली यू१९ टोलीलाई ३८ रनले हराएको थियो । नेपाली यू १९ पराजित भएपनि राम्रो प्रतिस्पर्धा गरेको थियो । यू१९ को प्रर्दशनले सिनियर टोलीलाई उत्कृष्ट प्रर्दशन गर्न दबाब सृर्जना गरेको छ ।
यू१९ टोली विरुद्ध ९३ रन जोडेका ओपनर विल रोड्स, समान ६५ रन बनाएका टम वेस्टली र माइल्स ह्यामान्ड सिनियर टोलीविरुद्ध पनि उत्कृष्ट प्रर्दशन गर्न सक्छन् । अलराउन्डर एड योङ पनि उसका बलियो हतियार हुन् । कप्तान जिमी एडम्स नेपाली यू१९ विरुद्ध डक आउट भएका थिए । प्रथम श्रेणीमा १४ हजार रन बनाएका जिमी आजको खेलमा घातक बन्न सक्छन् ।
ओपनरको रुपमा कप्तान ज्ञानेन्द्र र युवा खेलाडी इशान पाण्डे मैदान उत्रने संभावना छ । मध्यक्रममा पारससँगै, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, शरद भेषवकरले निर्वाह गर्ने छन् । तल्लोक्रममा हिटर बिनोद भण्डारी, सोमपाल कामी र करण केसी रहने निश्चित जस्तै छ । दुई तीब्र गतिका बलरका रुपमा सोमपाल र करण पहिलो रोजाईमा पर्ने छन् । स्पिनरको रुपमा सन्दीप लामिछानेको स्थान निश्चितजस्तै छ ।
ललित नारायण राजवंशी र वसन्त रेग्मी मध्य एकले स्थान बनाउने छन् । वसन्त भने चोटका कारण खेल्नेमा शंका रहेको छ । टियु क्रिकेट मैदान स्पिनर उपयोगी हुँदा तीनै स्पिनर मैदान उत्रने संभावना पनि छ । यस खेललाई बंगलादेशमा हुने इमर्जिङ टिम्स एसिया कप अघि तयारीको रुपमा समेत हेरिएको छ । सन् २००९ पछि पारस पहिलो पटक सम्भव त अरुको कप्तानीमा मैदान उत्रने छन् ।
एकदिवसिय नेपाली टोली :
आरिफ शेख, वसन्त रेग्मी,बिक्रम शोब,विनोद भण्डारी,दीपेन्द्र सिंह ऐरी,ज्ञानेन्द्र मल्ल, इशान पाण्डे,करण केसी,ललित नारायण राजवंशी,पारस खड्का,रोहित कुमार पौडेल,सन्दीप लामिछाने,शरद भेषवाकर र सोमपाल कामी ।
एमसीसीको पूर्ण टोली :
जिमी एडम्स (कप्तान), विल रोड्स, क्यलम ज्याक्सन, बिलि गोडलम्यान, टम वेस्टली, विल भानडरसपार, माइल्स ह्यामन्ड, एड योङ, यासिर अरफत, क्रिस राइट, ओलिभर ह्यानन-डाल्बी, एलेक्स स्पेन्सर, एलेक्स थोमस ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]