5 years ago
November 3, 2019
एजेन्सी – विकेटकीपर मुश्फिकुर रहिमले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि बंगलादेशले तीन टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा भारतमाथि सानदार जित निकालेको छ । बंगलादेशले भारतलाई ७ विकेटले हराएको हो । टि-२० अन्तर्राष्ट्रिय इतिहासमा नै बंगलादेशले भारतलाई पहिलो पटक पराजित गरेको हो ।
जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । बंगलादेशको जितमा नायक बनेका विकेटकीपर मुश्फिकुर रहिमले ४३ बलमा ८ चौका र १ छक्का सहित ६० रनमा अविजित रहे । मुश्फिकुरले १९ औं ओभरमा खलिल अहमदलाई अन्तिम चार बलमा लगातार चार चौका प्रहार गरेपछि जित पक्का बनेको थियो ।
सौम्य सरकार ३९ रनमा बोल्ड आउट भए । १७ ओभरको अन्तिम बलमा खलिल अहमदले सरकारलाई बोल्ड आउट गरेका थिए । सरकारले ३५ बलमा १ चौका र २ छक्का प्रहार गरे । ओपनर लिटन दास ६ रनमा आउट भए । त्यस्तै अर्का ओपनर मोहम्मद नइमले २८ बलमा २ चौका र १ छक्का सहित २६ रनको योगदान दिए । महमुदुल्लाह १५ रनमा अविजित रहे । शिवम दुबेलाई महमुदुल्लाहले छक्का प्रहार गर्दै जित पक्का गरे ।
भारतका खलिल अहमद, युजभेन्द्र चहल र दीपक चाहरले समान १ विकेट लिए ।
त्यसअघि अरुण जेटली स्टेडियम दिल्लीमा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । भारतका ओपनर तथा कप्तान रोहित शर्मा ९ रनमा आउट हुँदा शिखर धवन ४२ बलमा ३ चौका र १ छक्का सहित ४१ रनमा रन आउट भए ।
लोकेश(केएल) राहुल १५, श्रेयर ऐर २२, ऋषभ पन्त २७, शिबम दुबे १ रनमा आउट हुँदा क्रुनाल पान्ड्या १५ र वाशिन्टन सुन्दर १४ रनमा अविजित रहे । बंगलादेशका शफीउल इस्लामा र अमिनुल स्लामले समान २ विकेट लिए । आफिफ हसैनले १ विकेट लिए । दोस्रो टि ट्वान्टी खेल बिहीबार राजकोटमा हुने छ ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]