5 years ago
November 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – लेगसी टुर अन्तर्गत नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले पहिलो खेलमा नेपाली यू१९ टोलीलाई ३८ रनले पराजित गरेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३४ रन बनाएको थियो । ३ सय ३५ रनको विजयी लक्ष्य नेपाली यू१९ टोलीले पुरै ५० ओभर खेलेर ९ विकेट गुमाउँदै २ सय ९६ रन बनायो । टेष्ट तथा प्रथम श्रेणी अनुभवी खेलाडीविरुद्ध नेपाली युवा टोलीको प्रर्दशन तारिफ योग्य रह्यो । नेपाली यू१९ टोलीले अन्तिम सम्म जितको आशा दिलाई रहेको थियो । नेपाली यू१९ टोलीको हारमा पाँच सकरात्मक पक्ष्य देखिएका छन् ।
मजबुत स्पिन
नेपाली सिनियर टोली होस् वा उमेस समुह स्पिन बलिङ सधैं बलियो पक्ष्यका रुपमा रहने गर्दछ । जुन एमसीसीविरुद्ध युवा खेलाडीले पनि देखाए । एमसीसीले गुमाएको ७ विकेट मध्य १ रन आउट,५ स्पिनर र १ तीब्र गतिका बलरको नाममा रह्यो ।
दुई ओपनर बिली र विलले शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । नेपालले पहिलो विकेट हात पार्न १७ ओभर पर्खनु परेको थियो । जुन सागर ढकालले बिली गोडलम्यानलाई २२ रनमा आउट गर्दै शतकीय साझेदारी तोडेका थिए । दुई स्पिनर शेर मल्ल र सागर ढकालले मध्यक्रममा रनको गति रोक्नुको साथै समान २–२ विकेट लिए ।
१७ ओभरमा पहिलो सफलता हात पारेको नेपाललाई शेर मल्लले २१ ओभरमा सर्वाधिक ९३ रन बनाउने रोड्सलाई २१ ओभरमा क्याच आउट गराए । २३ ओभरमा कप्तान जिमी एडम्सलाई शून्यमा पेभिलिएन फर्काएका थिए । त्यस्तै स्पिनर कुशल मल्लले ३९ ओभरमा आक्रमक ब्याटिङ गर्दै ६५ रन जोडेका माइल्स हामान्डलाई आउट गरेका थिए । सम्रगमा नेपाली युवा टोलीको स्पिनर पक्ष्य आजको खेलमा बलियो देखियो ।
उत्कृष्ट सुरुवात
नेपाली क्रिकेटमा ब्याटिङ सधैं कमजोर मानिने गरिन्छ । रन बटुल्न नेपालले प्राय खेलमा संघर्ष गर्ने गर्दछ । पछिल्लो समय उमेर समुहमा नेपालको ब्याटिङ बलियो बन्दै आएको छ । तर युवा टोलीमा रन जोड्न संघर्ष देखिएन । एमसीसी विरुद्ध नेपाली यू१९ टोलीले पहिलो पावर प्लेमा ७० रन जोडेको थियो । ओपनर लोकेश बम सुरुवाती समय देखिनै आक्रमक रुपमा प्रस्तुत भएका थिए ।
लोकेशले चौथो ओभरमा क्याच आउट हुनुअघि ४ चौका सहित १८ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । पहिलो पावर प्लेमा नेपालले ७० रन बनाउन १ विकेट गुमाएको थियो । जसको कारण नेपालले पुरै ओभर खेल्दै एमसीसीका बलरलाई पुरै खेलमा दबाबमा राखेका थियो ।
मजबुत मध्यक्रम
नेपाली टोलीको अर्को सकरात्मक पक्ष्य मध्यक्रममा मजबुत ब्याटिङ रह्यो । ब्याट्सम्यानले छोटो छोटो राम्रो पार्टनरशीप गरेका थिए । एक समय ११ ओभरमा ८१–१ को अवस्थामा रहेको नेपालले ३९ ओभरमा २ सय १९ रन बनाउन ५ विकेट गुमाएको थियो । मध्यक्रममा कप्तान रित गौतमले ४५,खडक बहादुर बोहरा २६,हरि बहादुर चौहानले अर्ध शतक प्रहार गर्दै जितको संभावना कायमै राखी रहेका थिए । जसले नेपाली यू१९ टोलीको मध्यक्रम बलियो रहेको पुष्टि गर्दछ ।
तल्लोक्रममा शेर र आकाशको ब्याटिङ
एक समय नेपाल ४३ ओभरमा २३८–८ को कमजोर अवस्थामा पुगेको थियो । धेरैको अनुमान नेपालले पुरा ओभर खेल्न नसक्ने थियो । तर आकश र शेरले आक्रमक ब्याटिङ गर्दै नेपाललाई निर्धारित ५० ओभरमा २९६–९ को अवस्थामा पुर्याएका थिए । आकश ३० रनमा क्याच आउट हुँदा शेर २८ रनमा अविजित रहे । नवौ विकेटका लागि यी दुईले अर्ध शतकीय साझेदारी गरेका थिए । जसले तल्लोक्रम बलियो रहेको संकेत दिएको छ ।
ठूला सटमा जोखिम र ब्याटिङमा तालमेल
नेपाली युवा टोलीले ठूला सट पनि प्रायस गरि रहे । सुरुवात देखिनै कमजोर बललाई चौका र छक्कामा परिणत गरेका थिए । लोकेश बम, खडक बहादुर बोहोरा, हरि बहादुर चौहान, आकश चन्द र शेर मल्ले कमजोर बललाई निरन्तर बाउन्ड्रीमा परिणत गर्दै एमसीसीका बलरलाई दबाबमा राखे । त्यसै कारण नेपाल २ सय ९६ रनमा पुगेको थियो । साथै आजको खेलमा कुनै पनि ब्याट्सम्यान रन आउटको रुपमा पेभिलिएन फर्किएन् । ब्याट्सम्यानमा आजको खेलमा राम्रो तालमेल देखियो ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]