5 years ago
November 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टम वेस्टली, विल रोड्स र माइल्स ह्यामन्ड अर्धशतक प्रहार गरेपछि मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाली यू१९ टोलीलाई ३ सय ३५ रनको विशाल लक्ष्य दिएको छ ।
आइतबार बिहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनायो । एमसीसीका ओपनर विल रोड्सले सर्वाधिक ९३ रनको योगदान दिए । स्पिनर शेर मल्लले २१ औं ओभरमा क्याच आउट गराएपछि रोड्स शतक बनाउन चुकेका थिए । इंग्ल्यान्डबाट टेष्ट खेली सकेका टम वेस्टलीले ६५ रन जोडे । कुशल मल्लको ३९ ओभरको पहिलो बलमा ठूलो शट खेल्ने धुनमा सागरबाट क्याच आउट हुन पुगे । माइल्स ह्यामन्डलाई ४७ ओभरको तेस्रो बलमा आकश चन्दले माइल्सलाई ६५ रनमा एलबी डल्लू आउट गरे ।
ओपनर बिली गोडलम्यान र विल रोड्सले १७ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै एमसीसीलाई उत्कृष्ट सुरुवात दिलाए । सागरले बिलीलाई १७ औं ओभरको अन्तिम बलमा २२ रनमा एलबी आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । शेरले कप्तान जिमी एडम्सलाई २३ ओभरको दोस्रो बलमा शून्यमा एलबी डब्लू आउट गराए ।
३७ औं ओभरको चौथो बलमा सागरले विल भान्डरसपारलाई अरुण ऐरीबाट २४ रनमा क्याच आउट गराए । एड योङ ४५ रनमा अविजित रहे । एडले अन्तिम ओभरमा हरि बहादुर चौहानलाई ३ छक्का प्रहार गरेका थिए । नेपालका स्पिनर सागर ढकाल र शेर मल्लले समान २ विकेट लिए । त्यस्तै कुशल मल्ल र आकश चन्दको नाममा समान १ विकेट रह्यो ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।