default_image

5 years ago

November 2, 2019

एमसीसी टोली नेपाल आइपुग्यो

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को १३ खेलाडी सहितको टोली नेपाल भ्रमणका लागि शनिबार नेपाल आइपुगेको छ ।

नेपाल आएको टोलीमा टेष्ट अनुभवीसँगै इंग्ल्यान्डबाट यू१९ र प्रथम श्रेणीको खेलको अनुभव बोकेका खेलाडीको बाहुल्यता छ । आइतबादेखि काठमाडौं र पोखरामा चल्ने भ्रमण सिरिजमा एमसीसीले नेपालको यू१९, सिनियर टोली, चिफ मिनिस्टर ११ र कास्की ११ गरेर टि ट्वान्टी, एकदिवसिय र प्रथम श्रेणीको खेल खेल्ने छ ।

एमसीसीको टोलीको कप्तानी जिमी एडम्सले गर्ने छन् । एडम्सले ह्याम्पसायरबाट घरेलु क्रिकेट खेल्दै आएका छन् । उनले आफ्नो करिअरमा २ सय ३३ फर्स्ट क्लास र १ सय २३ लिस्ट ए खेल खेलिसकेका छन् । एडम्सले पहिलोपटक नेपाल आएर खेल्न निकै उत्साहित रहेको बताए । ‘ मैले यसअघि पनि नेपाल बेलायत टुरमा रहंदा नेपालविरुद्ध खेलिसकेको छु । पारस खड्का र सन्दीप लामिछानेबारे हामीलाई जानकारी छ । सन्दीप छिट्टै द हन्ड्रेड खेल्न इंग्ल्यान्ड आउँदैछन्,’ उनले थपे, ‘ नेपालमा हामीले बलियो टोली लिएर आएका छौं र आशा गरौं अबको एक साता राम्रो क्रिकेट खेल्नेछौं । दुवै तर्फका युवा खेलाडीहरुको लागि यो राम्रो अनुभव हुने मैले विश्वास लिएको छु ।’

पाकिस्तानबाट तीनै फर्म्याटमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका यासिर अराफात पनि टोलीमा छन् । त्यस्तै नेपाल भ्रमणमा आउन लागेको एमसीसीको टोलीमा इंग्ल्यान्डबाट टेष्ट खेलिसकेका टम वेस्टली पनि रहेका छन् । इंग्ल्यान्डको यू१९ र प्रथम श्रेणीबाट खेलि सकेका बिली गोडलमान,मिल्स हामन्ड,ओलीभर डल्बी,क्यालम ज्याक्सन,विल रोड्स लयातका खेलाडी रहेका छन् ।

एमसीसीको १३ सदस्य टोली :

जिमी एडम्स, यासिर अराफात, बिली गोडलमान, मिल्स हामान्ड, ओलिभर हनन्न डल्बी, क्यालम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोमसन, विल वान्डर्सपार, इड योंग, टम वेस्टली, क्रिस राइट ।

खेल तालिका :

कात्तिक १७ : एमसीसी विरुद्ध नेपाली यू१९ (५० ओभर) टियु क्रिकेट मैदान

कात्तिक १८ : एमसीसी विरुद्ध नेपाल (५० ओभर) टियु क्रिकेट मैदान

कात्तिक २०-२२ : एमसीसी विरुद्ध नेपाल (थ्रि डे प्रथम श्रेणी) टियु क्रिकेट मैदान

कात्तिक २३ : एमसीसी विरुद्ध नेपाली यू१९ र सियिर टोली (टि ट्वान्टी) टि टियु क्रिकेट मैदान

कात्तिक २५ : एमसीसीविरुद्ध पोखरा आमन्त्रित ११ (टि ट्न्वाटी) पोखरा क्रिकेट मैदान

कात्तिक २६: एमसीसी विरुद्ध चिफ मिनिस्टर ११ ( टि ट्वान्ट) पोखरा क्रिकेट मैदान

February 25, 2025

अस्ट्रेलिया र दक्षिण अफ्रिकाको खेलमा वर्षा वाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]

February 25, 2025

दोस्रो जितका लागि भिड्दै अस्ट्रेलिया र दक्षिण अफ्रिका

एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

Success

Thank you for your time.