5 years ago
November 1, 2019
एजेन्सी – विकेटकीपर कुसल परेराले अर्ध शतक प्रहार गरेपछि तेस्रो तथा अन्तिम टि ट्वान्टी खेलमा श्रीलंकाले अष्ट्रेलियालाई १ सय ४३ रनको मध्यम लक्ष्य दिएको छ ।
मेलर्बनमा टस हारेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । श्रीलंकाका लागि कुसलले ४५ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ५७ रनको योगदान दिए ।
१७ ओभरको पहिलो बलमा प्याट कमिन्सले एश्टन टर्नरबाट क्याच आउट गराउँदै कुसललाई पेभिलिएन फर्काए । पहिलो ओभरको अन्तिम बलमा मिचेल स्टार्कले ओपनर निरोशन डिक्वेलालाई शुन्यमा पेभिलिएन फर्काएका थिए । कुशल मेन्डिस १३,अभिष्का फ्रर्नान्डो २०,ओशदा फ्रर्नान्डो ६ रनमा क्याच आउट भए ।
शेहान जयसूर्या १२ रनमा आउट हुँदा भानुका राजपक्षे १७ रनमा अविजित रहे । कप्तान लासिथा मलिङ्गा ४ बलमा १ छक्का सहित ८ रनमा अविजित रहे । अष्ट्रेलियाका केन रिचर्ड्सन, प्याट कमिन्स र मिचेल स्टार्कले समान २ विकेट लिए ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]