5 years ago
November 1, 2019
एजेन्सी – नेपालले बंगलादेशमा हुने इमर्जिङ टिम एसिया कप खेल्न पाउने भएको छ । यूएईले अन्तिम समयमा आन्तरिक कारण आफ्नो नाम फिर्ता लिएपछि एसियन क्रिकेट काउन्सिल (एसीसी) ले नेपाललाई मौका दिएको हो ।
इमर्जिङ टिम एसिया कप कात्तिक २८ देखी मंसिर ७ (नोभेम्बर १४–२३) सम्म बंगलादेशमा हुने छ । समुह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान छन् । समुह बी मा नेपाल, भारत, बंगलादेश र हङकङ रहेका छन् । नेपालले पहिलो खेल भारतसँग कात्तिक २८ मा खेल्ने छ । नेपालले हङकङसँग कात्तिक ३० र मंसिर २ मा बंगलादेशसँग खेल्ने छ ।
उपाधिको दावेदार भारतले आफ्नो टोली घोषणा गरिसकेको छ । भारतीय टोलीमा तीव्र गतिका बलर कमलेश नगरकोटी मुख्य हतियारका रुपमा रहेका छन् ।
भारत साविक उप विजेता
भारत गत वर्ष इमर्जिङ एसिया कपको उप विजेता टोली हो । गत वर्ष श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा भएको इमर्जिङ एसिया कपमा भारत फाइनलमा श्रीलंकासँग ३ रनले पराजित भएको थियो । सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले हराएको थियो । समुह चरणमा भारतले अफगानिस्तानलाई ७४ रन,ओमानलाई ६ विकेट र श्रीलंकालाई ४ विकेटले पराजित गरेको थियो ।
कमलेश प्रमुख हतियार
इमर्जिङ एसिया कपको नेतृत्व बीआर शरथले गर्ने छन् । भारतीय टोलीमा विजय हजारे ट्रफी, आईपीएल, यू१९ विश्वकप, रणजी ट्रफीको अनुभव बटुलेका खेलाडी छन् । तीव्र गतिका बलर कमलेश नगरकोटी पनि प्रमुख हतियार हुन् । नगरकोटीले भारतबाट यू१९ विश्वकप, रणजी ट्रर्फिको लगातको घरेलु प्रतियोगिताको अनुभव बटुलीसकेका छन् ।
कप्तान तथा विकेटकीपर शरथले ६ प्रथम श्रेणी, १२ लिष्ट ए र १३ टि ट्वान्टी एस खेलेका छन् । त्यस्तै गत वर्ष यू१९ विश्वकप खेलेका आर्यन जुयाल, अर्शदीप सिंह सँगै गत वर्ष इमर्जिङ टिम खेलेका सिद्धार्थ देसाई लयातका खेलाडी छन् । अर्शदीप सिंहले गत संस्करणको आईपीएलमा किंग्स इलाभेन पञ्जावबाट खेलेका थिए ।
भारतीय टिम :
विनायक गुप्ता, अर्यान जुयाल, बीआर शरथ (कप्तान तथा विकेटकीपर) चिन्मय सुतार, यश राठोड, आरमान जफार, सानविर सिंह, कमलेश नगरकोटी, ह्थिक शोकिन, सिद्धार्थ देसाई, अर्शदीप सिंह, एसआर दुबे, कुमार सुरज, पी रेखाडे र कुलदीप यादव ।
भारतले पहिलो खेल कात्तिक २८ मा नेपालसँग खेल्ने छ । त्यस्तै कात्तिक ३० मा बंगलादेश र मंसिर २ मा हङकङ खेल्ने छ । दुबै समुहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । मंसिर ४ र ५ मा सेमिफाइनल हुने छ । फाइनल मंसिर ७ मा हुने कार्यतालिका रहेको छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]