5 years ago
November 1, 2019
एजेन्सी – न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा पाहुना टोली इंग्ल्यान्डले सहज जित हात पारेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाँच टि ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको हो ।
न्युजिल्यान्डले प्रस्तुत गरेको १ सय ५४ रनको विजयी लक्ष्य इंग्ल्यान्डले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । इंग्ल्यान्डको जितमा जेम्स भिन्सले ३८ बलमा ७ चौका र २ छक्का सहित ५९ रन जोड्दै प्लेयस अफ द म्याच चुनिए ।
ओपनर जोनी बेयरस्टो २८ बलमा ५ चौका र १ छक्का सहित ३५ र डेविड मलान ११ रनमा आउट भए । कप्तान इओन मोर्गन २१ बलमा ४ चौका र १ छक्का सहित ३४ र विकेटकीपर साम विलिङ्गस १४ रनमा अविजित रहे । न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनरले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।
त्यस अघि टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५३ रन जोडेको थियो । ओपनर मार्टिन गुप्टिल २ र कोलिन मुनरो २१ रनमा आउट भएका थिए । विकेटकीपर टिम सेफर्ट ३२,कोलिन डी ग्राण्डहोम १९ रनमा क्याच आउट भए ।
रोश टेलरले ३५ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ४४ रन जोड्दा डर्याल मिचेलले ३० रनको योगदान दिए । इंग्ल्यान्डका क्रिस जद्र्रान २,साम करन,आदिल राशिद र प्याट्रिक ब्राउनले समान १ विकेट हात पारे । दोस्रो टि ट्वान्टी खेल आइतबार हुनेछ ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]