default_image

5 years ago

October 30, 2019

स्कटल्यान्ड टि ट्वान्टी विश्वकपमा छनोट

93 views

0 Bookmark

एजेन्सी – स्कटल्यान्ड अर्को वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपको लागि छनोट भएको छ । वुधबार घरेलु टोली युएईलाई ९० रनले हराउँदै चौथो पटक टि ट्वान्टी विश्वकपमा पुगेको हो । स्कटल्यान्डले यसअघि सन् २००७, २००९ र २०१६ मा टि२० विश्वकप खेलेको थियो ।

१ सय ९९ सयको रनको लक्ष्य पछ्याएको यूएई १८.३ मा अल आउट हुँदै १ सय ८ रनमा समेटिएपछि विश्वकप यात्राबाट बाहिरिएको हो । यूएईका रमिज शहजादले ३४,डी शिल्भाले १९, मोहम्मद उस्मानले २० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । स्क्टल्यान्डका मार्क वाट्ट र शफयान शरिफले समान ३ विकेट लिए ।

त्यस अघि टस जितेर ब्याटिङ थालेको स्कटल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो । ओपनर जर्ज मुन्शेले ४३ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ६५ रनको योगदान दिए । कप्तान काइल कोट्जर ३४,रिची बेरिन्गटन ४८ रन जोडे । रोहन मुस्तफाले २,जुनैद सिद्दीक अहमख राजा र जहुर खानले समान १ विकेट लिए ।

यूएई पहिलो प्ले अफमा नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएको थियो । यो सँगै यूएईको विश्वकप खेल्ने सपना समाप्त भएको छ । पप्पुवा न्युगिनी समुह ए र आयरल्यान्ड समुह बी बाट शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएका थिए ।

नेदरल्यान्ड र नामिवियाले पनि विश्वकपमा स्थान बनाएका छन् । ओमानले आज राती समुह बी को चौथो स्थानमा रहँदै प्ले अफमा पुगेको हङकङसँग प्रतिस्पर्धा गर्ने छ । विजेता टोली विश्वकपमा पुग्ने छ । दोस्रो प्ले अफमा ओमान नामिबियासँग ५४ रनले पराजित भएको थियो ।

February 25, 2025

दोस्रो जितका लागि भिड्दै अस्ट्रेलिया र दक्षिण अफ्रिका

एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

Success

Thank you for your time.