5 years ago
October 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्लले आफूले कप्तान नियुक्तको खबर पाउँदा आश्चार्यमा परेको बताएका छन् । पारस खड्काको राजिनामा स्वीकृति गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार ज्ञानेन्द्रलाई टोलीको नयाँ कप्तान नियुक्त गरेका थिए ।
सन् २००९ देखि कप्तान रहेका पारसले केहि दिन अघि पदबाट राजिनामा दिएपछि पद खाली थियो । पारस कप्तान रहेको एक दशक ज्ञानेन्द्र टोलीको उप कप्तान रहेका थिए । क्यानले दीपेन्द्र सिंह ऐरीलाई नयाँ उप कप्तान नियुक्त गरेको छ । ‘म त भाई टिका गरेर बसेको थिए,’ ज्ञानेन्द्र हाम्रो खेलकुदसँग भने, ‘कप्तान नियुक्त भएको खबरले आश्चार्यमा परे ।’ ज्ञानेन्द्र टोलीका केहि सिनियर खेलाडी मध्येका एक हुन् । पारसको अनुपस्थितिमा उनले केहि खेलमा टोलीलाई कप्तानी गरिसकेका छन् ।
क्यानले आफुलाई कप्तान बनाउने नबाउनेमा त्यत्ति पक्का नरहेको पनि ज्ञानेन्द्रले सुनाए । ‘जसरी बाहिर विषय आइरहेको थियो । म कप्तान नियुक्त बन्छु वा बन्दिन भन्नेमा पक्का थिइन,’ उनले भने, ‘को कप्तान हुने भन्ने मेरो चाहना वा नियन्त्रणमा हुने विषय थिएन । त्यसैले मैले त्यसमा धेरै दिमाग खियाएको पनि थिइन ।’
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]