5 years ago
October 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएकामा ज्ञानेन्द्र मल्ललाई निर्वतमान कप्तान पारस खड्काले बधाई दिएका छन् ।
पारसले सामाजिक सञ्जालमार्फत ज्ञानेन्द्रलाई बधाई दिएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले पारसको राजिनामा स्वीकृति गर्दै बुधबार ज्ञानेन्द्रलाई टोलीको नयाँ कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी तोकेको थियो ।
गत महिना आफुले राजिनामाको घोषणा गरेदेखि नै पारसले ज्ञानेन्द्र नयाँ कप्तानको सबैभन्दा बलियो हकदार बताएका थिए । सन् २००९ मा पारस कप्तान भएदेखि नै ज्ञानेन्द्र टोलीको उपकप्तान रहेका थिए । सुरुमा फेसबुकमार्फत राजिनामाको घोषणा गरेका पारसले केहि दिन अघि क्यानलाई लिखित रुपमा पत्र बुझाएका थिए ।
पारसले फेसबुकमा लेखका छन्, ‘सबैभन्दा बलियो हकदार ज्ञानेन्द्र मल्ललाई नेपाली क्रिकेट टोलीको कप्तान नियुक्त भएकोमा बधाई छ । जसले अनुशासन र प्रतिबद्धताका साथ देशको सेवा गरेका छन् । मलाई विश्वास छ उनको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्नेछ । यो समय नेपाली क्रिकेटको सुखद भविष्यका लागि सबैले साथ दिनुपर्दछ र अझ उन्नतिको पथमा अगाडि बढ्नुपर्छ ।’
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]