5 years ago
October 30, 2019
एजेन्सी – नामिबिया पहिलो पटक टि ट्वान्टी विश्वकपमा छनोट भएको छ । यूएईमा जारी आईसीसी टि ट्वान्टी विश्वकप छनोटको दोस्रो प्ले अफमा ओमानलाई ५४ रनले हराउँदै आगमी वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपमा प्रवेश गरेको हो ।
मंगलबार जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा अल आउट भएपछि नामिवियाले ऐतिहासिक सफलता हात पारेको हो ।ओमानका लागि ओपनर खवर अलीले २५ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । अर्का ओपनर जितेन्द्र सिंह शून्यमा आउट हुँदा,अकीव इलियास १८,अमिर कलिम १३ र सुरज कुमार ६ रनमा आउट भए । नामिविया कप्तान गेरहार्ड इरास्मसल सर्वाधिक ३,जेजे स्मिथले २ र बर्नार्ड शोल्ट्ज ३ विकेट लिए ।
त्यस अघि टस जितेर ब्याटिङ थालेको नामिवियाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो । सुस्त सुरुवात गरेको नामिवियालाई तल्लोक्रमका जेजे स्मिथले २५ बलमा ३ चौका र ५ छक्का सहित ५९ रनको आक्रमक इनिङ खेल्दै बलियो योगफलमा पुर्याए । क्रेग विलियम्स ४५ र निको डविन २१ रन जोडे ।
ओमानका बिलाल खानले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर ४ विकेट लिए । ओमान समुह बी मा ६ खेलमा ४ मा जित र २ मा हारका साथ दोस्रो स्थानमा रहँदै प्ले अफ खेलेको थियो । नामिविया समुह ए बाट ६ खेलमा ४ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा रहँदै प्ले अफ खेलेको थियो । विश्वकपमा स्थान बनाउन ओमानले अन्तिम मौका पाउने छ । ओमानले आज राती समुह बी को चौथो स्थानमा रहँदै प्ले अफमा पुगेको हङकङसँग प्रतिस्पर्धा गर्ने छ । विजेता टोली विश्वकपमा पुग्ने छ ।
आज यूएई र स्कटल्यान्डबीच प्लेअफमा प्रतिस्पर्धा हुँदै छ । विजेता टोली सोझैं विश्वकपमा पुग्ने छ । यूएई पहिलो प्ले अफमा नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित हुँदै अन्तिम मौका पाएको हो । स्कटल्यान्ड भने समुह ए को चौथो स्थानमा रहँदै प्ले अफ खेलेको हो ।
पप्पुवा न्युगिनी समुह ए बाट शीर्ष स्थानमा रहँदै पहिलो पटक टी ट्वान्टी विश्वकपमा पुगिसकेको छ । त्यस्तै समुह बी बाट आयरल्यान्ड शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएको छ । नेदरल्यान्डले प्ले अफमा यूएईलाई हराउँदै चौथो पटक विश्वकपमा पुगि सकेको छ ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]