default_image

5 years ago

October 29, 2019

यूएइलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा छनोट

84 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड्स अर्को वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपको लागि छनोट भएको छ । पहिलो क्वालिफायरमा यूएईलाई ८ विकेटले हराउँदै नेदरल्यान्डले विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो ।

नेदरल्यान्ड चौथो पटक टि ट्वान्टी विश्वकपमा पुगेको हो । यस अघि नेदरल्यान्ड सन् २००९,२०१४ र २०१६ मा टि ट्वान्टी विश्वकप खेलेको थियो । मंगलबार जितका लागि ८१ रनको समान्य लक्ष्य नेदरल्यान्ड्सले १५.१ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर बेन कपुर ५३ बलमा ३ चौका सहित ४१ रनमा अविजित रहे । कोलिन एकरमान १८ रनमा आउट हुँदा रायन टेन ११ रनमा अविजित रहे । यूएईका रोहन मुस्तफा र जहुर खान समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८० रन बनाएको थियो । उसका अहिद अहमदले १९, मोहम्मद बूटा १६, अहमिद राजा २२ र सुल्तान अहमदले ११ रन बनाउन बाहेक अन्य कसैले पनि राम्रो प्रर्दशन गर्न सकेनन् । शीर्षक्रमका रोहन मुस्तफा १, जवार फरिद ५ तथा रमिज शहजाद, मोहम्मद उस्मान र डी शिल्भा डक आउट भए ।

नेदरल्यान्ड्सका ब्रेन्डन ग्लोेभरले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । पल भान मार्करेन र टिमम भान डर जुर्टेनले समान २ विकेट लिए । समुह ए बाट पप्पुवा न्युगिनी र बी बाट आयरल्यान्ड शीर्ष स्थानमा रहँदै सोझै विश्वकपमा पुगि सकेका छन् ।

यूएईले विश्वकपमा स्थान बनाउन अझै स्कटल्यान्डसँग खेल्न पाउने छ । आज नै नामिबिया र ओमान भिड्दै छन् जसको विजेता विश्वकपमा पुग्ने छ । हङकङले विश्वकपमा स्थान बनाउन नामिबिया र ओमानबीचको पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

Success

Thank you for your time.