5 years ago
October 30, 2019
विविध सुवेदी (ब्रिसबेन)
घरेलु टोली अष्ट्रेलिया ३ खेलको टि-२० सिरिजको दोस्रो खेलमा आज ब्रिसबेनस्थित गाबा मैदानमा श्रीलंकाविरुद्ध भिड्दै छ । पहिलो खेलमा १ सय ३४ रनको विशाल जित हांसिल गर्न सफल घरेलु टोली यस खेलमा पनि उस्तै नतिजा निकाल्दै सिरिज कब्जा गर्ने दाउमा हुनेछ । खेल नेपाली समयअनुसार दिउंसोको १.५५ बजे सुरु हुने छ ।
पहिलो खेलमा अष्ट्रेलियाले ब्याटिङ र बलिङ दुबै विभागमा उत्कृष्ट प्रभाव पार्न सफल भएको थियो । पहिले ब्याटिङको निम्तो पाउंदै अष्ट्रेलियाले २ सय ३३ रनको लक्ष्य दिएको थियो जुन टि-२० अन्तराष्ट्रिय इतिहासमै १७ औं ठुलो योगफल थियो । यस अघि सन् २०१६ मा अष्ट्रेलियाले श्रीलंका विरुद्ध नै २ सय ६३ रनको योगफल तयार पारेको थियो जुन घरेलु टोलीको टि-२० अन्तराष्ट्रियमा सबैभन्दा ठूलो योगफल पनि हो ।
श्रीलंकाविरुद्ध इतिहास र लय दुवै अष्ट्रेलियाको पक्षमा रहेको छ । १ वर्ष प्रतिबन्ध पछि फर्किएका डेविड वार्नरले गत खेलमा शतक प्रहार गरेका थिए । त्यस्तै उनका सहकर्मी आरोन फिन्च पनि उत्कृष्ट लयमा देखिएका थिए । श्रीलंकाले केही गरि दुवै वार्नर र फिन्चलाई रोक्न सके पनि टि-२० का विष्फोटक मध्येका मानिने ग्लेन म्याक्सवेल र विश्व क्रिकेटका उत्कृष्ट मध्येका ब्याट्सम्यान स्टिभ स्मिथको सामना पनि गर्नु पर्ने हुन्छ । स्मिथ पनि प्रतिबन्ध पछि फर्किएका हुन् र आफूलाई प्रमाणित गर्न आतुर हुने छन् ।
बलिङतर्फ भने अष्ट्रेलियाले एउटा परिवर्तन गर्ने पक्का रहेको छ । स्टार बलर मिचेल स्टार्क पारिवारिक कारणले यस खेलमा उपलब्ध छैनन् । उनको अनुपस्थितिमा भ्रमणकारी टोलीलाई केही राहत भने मिल्ने पक्का छ । स्टार्कको स्थान बिली स्टान्लेक अथवा सिन आबोटले लिने देखिन्छ । यस खेलमा अष्ट्रेलियाका प्याट कमिन्सले टोलीको बलिङको महत्त्वपूर्ण जिम्मेवारी लिने छन् । उनले पहिलो खेलमा उनले २ विकेट लिएका थिए ।
अर्कोतर्फ, श्रीलंका भने लज्जास्पद हारबाट फर्किंदै सिरिज जीवित राख्ने प्रयासमा हुने छ । गत महिना न्युजिल्यान्ड विरुद्धको टि-२० सिरिज २-१ को हारपश्चात पाकिस्तानविरुद्धको सिरिजमा श्रीलंका उत्कृष्ट पुनरागमन गर्न सफल भएको थियो । पाकिस्तान टि-२० तर्फको शीर्ष वरियताको टोली पनि हो । त्यस सिरिजमा ओपनर दनुस्का गुनतिलिकले उत्कृष्ट प्रदर्शन गरेका थिए र आज जितको आशाका लागि उनको ब्याटिङ योगदान महत्त्वपूर्ण रहनेछ ।
पछिल्लो खेलमा ४ ओभरमा ७५ रन खर्चिएका रजिथको स्थानमा श्रीलंकाले इसुरु उडान ल्याउने सम्भावना रहेको छ । त्यस्तै खराब लयमा रहेका कुसल परेराको स्थान निरोशन डिकवेलले लिने देखिन्छ ।
अष्ट्रेलिया: जित, हार, जित, जित, जित
श्रीलंका: जित, जित, जित, जित, हार
६ नोभम्बर २०१६: अष्ट्रेलिया ८५ रनले विजयी
९ नोभेम्बर २०१६: अष्ट्रेलिया ४ विकेटले विजयी
२७ अक्टोबर २०१९: अष्ट्रेलिया १ सय ३३ रनले विजयी
श्रीलंकाले अष्ट्रेलियामा खेलिया पछिल्ला ३ टि-२० सिरिजमा जित हांसिल गरेको छ ।
मालिङाले कप्तानी गरेको पछिल्ला ८ मध्ये ७ टि-२० खेलमा श्रीलंकाले हार बेहोरेको छ ।अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले पछिल्ला ३ पारीमा ६२, १ सय १३ र ५६ रन बनाएका छन् ।
अष्ट्रेलिया: डेविड वार्नर, आरोन फिन्च, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, एस्टन टर्नर, एलेक्स केरी, एस्टन अगार, प्याट कमिन्स, केन रिचार्डसन, एडम जाम्पा, बिली स्टान्लेक
श्रीलंका: दनुस्का गुनतिलिक, कुसल मेन्डिस, भनुका राजपाक्ष, ओसादा फर्नान्डो, निरोशन डिकवेल, दसुन सनक, वानिन्दु हसरङ, इसुरु उदान, लक्षन सन्डाकन, लसिथ मालिङा
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]