5 years ago
October 29, 2019
एजेन्सी – बंगलादेशका स्टार अलराउन्डर तथा कप्तान सकीब अल हसनलाई अन्तराष्ट्रिय क्रिकेट खेल्न दुई वर्ष प्रतिबन्ध लागेको छ ।
सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) हसनलाई दुई वर्षसम्म प्रतिबन्ध लागाउने निर्णय गरेको हो ।
उनले सट्टेबाजले राखेको म्याच फिक्सिङको प्रस्ताव स्विकार नगरेपनि त्यसबारे जानकारी नगराउँदा कारवाही भोग्नुपरेको हो । उनको प्रतिबन्ध मध्य १ वर्ष निलम्बन रहने छ । आगमी वर्ष २९ अक्टोबर २०२० देखी क्रिकेटमा फर्कन सक्ने संभावना रहेको पनि आईसीसीले जनाएको छ ।
शाकिबले आईसीसीले जारी विज्ञप्तीमा भनेका छन, ‘जुन खेलसँग मेरो माया छ,उसबाट निलम्बित हुँदा म साहै दुखी छु । र म आफ्नो सजाय पनि स्वीकार गर्छु ।’
सकीब वान डेको नम्बर वान अलराउन्डर हुन् । टि ट्वान्टीमा सकीब अलराउन्डरको सुचिमा दोस्रो स्थानमा रहेका छन् । केहि दिन अघि सकीबले खेलाडीको सेवा सुविधा माग गर्दै बंगलादेश क्रिकेट बोर्ड विरुद्ध आन्दोलन गर्दै नेतृत्व समेत गरेका थिए ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]