default_image

5 years ago

October 29, 2019

नेपालविरुद्ध एमसीसीको बलियो टोली घोषणा

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल भ्रमणका लागि १३ सदस्य टोली घोषणा गरेको छ ।

सोमबार घोषणा टोलीमा टेष्ट अनुभवीसँगै इंग्ल्यान्डबाट यू१९ र प्रथम श्रेणीको खेलको अनुभव बोकेका खेलाडीको बाहुल्यता छ । यसै साता देखी काठमाडौं र पोखरामा एमसीसीले नेपालको यू१९, सिनियर टोली,चिफ मिनिस्टर ११ गरेर टि ट्वान्टी,एक दिवसिय र प्रथम श्रेणीको सिरिज खेल्ने छ । एमसीसीको टोलीको कप्तानी जिमी एडम्सले गर्ने छन् । यस्तै पाकिस्तानबाट तीनै फर्म्याटमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका यासिर अराफात पनि टोलीमा छन् ।

त्यस्तै नेपाल भ्रमणमा आउन लागेको एमसीसीको टोलीमा इंग्ल्यान्डबाट टेष्ट खेलि सकेका टम वेस्टली पनि रहेका छन् । उनले ५ टेष्टमा १ सय ९३ रन बनाएका छन् । १ सय ७९ प्रथम श्रेणी,८८ लिष्ट ए र ७९ टि ट्वान्टी एसको अनुभव बटुलेका थिए । इंग्ल्यान्डको यू१९ र प्रथम श्रेणीबाट खेलि सकेका बिली गोडलमान,मिल्स हामन्ड,ओलीभर डल्बी,क्यालम ज्याक्सन,विल रोड्स लयातका खेलाडी रहेका छन् ।

एमसीसीको १३ सदस्य टोली :

जिमी एडम्स, यासिर अराफात, बिली गोडलमान, मिल्स हामान्ड, ओलिभर हनन्न डल्बी, क्यालम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोमसन, विल वान्डर्सपार, इड योंग, टम वेस्टली, क्रिस राइट ।

खेल तालिका :

कात्तिक १७ : एमसीसी विरुद्ध नेपाली यू१९ (५० ओभर) टियु क्रिकेट मैदान

कात्तिक १८ : एमसीसी विरुद्ध नेपाल (५० ओभर) टियु क्रिकेट मैदान

कात्तिक २०-२२ : एमसीसी विरुद्ध नेपाल (थ्रि डे प्रथम श्रेणी) टियु क्रिकेट मैदान

कात्तिक २३ : एमसीसी विरुद्ध नेपाली यू१९ र सियिर टोली (टि ट्वान्टी) टि टियु क्रिकेट मैदान

कात्तिक २५ : एमसीसीविरुद्ध पोखरा आमन्त्रित ११ (टि ट्न्वाटी) पोखरा क्रिकेट मैदान

कात्तिक २६: एमसीसी विरुद्ध चिफ मिनिस्टर ११ ( टि ट्वान्ट) पोखरा क्रिकेट मैदान

February 25, 2025

दोस्रो जितका लागि भिड्दै अस्ट्रेलिया र दक्षिण अफ्रिका

एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । दुई देशबीचको खेल पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार मंगलवार दिउँसो २ः४५ मा सुरु हुदैछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले कुनै पनि आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय […]

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

Success

Thank you for your time.