5 years ago
October 28, 2019
एजेन्सी – अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्क श्रीलंकासँगको तीन टि ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा अनुपस्थित हुने भएका छन् ।
उनी अनुपस्थित हुनुको कारण चोट भने होइन । स्टार्क भाईको विवाहको कारण बुधबार हुने श्रीलंकासँगको दोस्रो टि ट्वान्टी खेलमा अनुपस्थित रहने क्रिकेट अष्ट्रेलियाले जनाएको छ । पहिलो टि ट्वान्टी खेलमा अष्ट्रेलियाले श्रीलंकालाई १ सय ३४ रनको फराकिलो अन्तरले हराएको थियो । जुन अष्ट्रेलियाले रन अन्तरले टि२० आईमा हात पारेको सर्वाधिक ठूलो जित हो ।
ओपनर डेविड वार्नरले टि २० आई करिअरको पहिलो शतक, ग्लेन म्याक्सवेल ६२ र कप्तान आरोन फिन्चले ६४ रन जोडेपछि २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो । श्रीलंकालाई ९९ रनमा रोक्न एडम जम्पाले ३, स्टार्क र प्याट कमिन्सले समान २ विकेट लिएका थिए । अष्ट्रेलिया र श्रीलंकाबीच तेस्रो तथा अन्तिम टि ट्वान्टी खेल शुक्रबार हुने छ ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]