default_image

5 years ago

October 28, 2019

पारसले क्यानलाई राजीनामा बुझाए

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनामाको घोषणा गरेको १४ दिनपछि पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) लाई औपचारिक जानकारी गराएका छन् ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले आइतबार इमेलमार्फत क्यानलाई कप्तान पदबाट राजीनामा दिएको बताए । गत कार्तिक ३ मा बसेको क्यानको बैठकले पारसलाई राजिनाबारे प्रष्ट पार्न पत्र पठाएको थियो । ‘ पारसले मिडियामा जुन कुरा आएको छ त्यो नै हो भन्नु भएको छ । तिहारअघि क्यानको बैठक बस्दैन । पारसले अब कप्तानको रुपमा क्रिकेट नखेल्ने भन्दै आउनु भएको छ । आगमी बैठकले पारसको विकल्प खोज्ने छ’, प्याकुरेलले हाम्रो खेलकुदलाई भने ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०७३ मा लगाएको प्रतिबन्ध ससर्त रुपमा गत असोज २६ मा फुकुवा गरेको थियो । क्यान निलम्बन फुकुवा गरेको २४ घण्टा बित्न नपाउँदै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएका थिए । पारस नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान हुन् । सन् २००९ मा कप्तान बनेका पारसले डिभिजन ५ देखी टि ट्वान्टी विश्वकप हुँदै वान डे मान्यता सम्मको ठूलो सफलता दिलाए ।

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

Success

Thank you for your time.