5 years ago
October 28, 2019
एजेन्सी – टेष्ट टोली आयरल्यान्ड आगमी वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपका लागि छनोट भएको छ । । समुह ‘बी’ मा ओमान र यूएईलाई नेट रन रेटले पछि पार्दै आयरल्यान्ड विश्वकपमा पुगेको हो । ओमान र यूएईको समान ८ अंक भएपनि नेट रन रेटका आधारमा आयरल्यान्ड शीर्ष स्थानमा रहँदै सोझैं विश्वकपमा पुगेको हो ।
आयरल्यान्डको नेट रन रेट १.५९१ रहँदा दोस्रो स्थानमा रहेको ओमानको ०.९९७ रह्यो । त्यस्तै तेस्रो स्थानमा रहेको युएईको नेट रन रेट ०.६८२ छ । आयरल्यान्ड छैटौं पटक टि ट्वान्टी विश्वकपमा पुगेको हो । आयरल्यान्डले सन् २००९ देखि टि ट्वान्टी विश्वकपमा नियमित स्थान बनाउँदै आएको छ ।
आयरल्यान्डले पहिलो खेलमा हङकङलाई ८ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो । तर दोस्रो खेलमा यूएईसँग ५ विकेटले स्तब्ध हुन पुग्यो । तेस्रो खेलमा आयरल्यान्डले ओमानलाई ३५ रनले हरायो । चौथो खेलमा आयरल्यान्ड क्यानडासँग १० रनले पराजित हुन पुगेको थियो । पाँचौ खेलमा जर्सीलाई ८ विकेटले हराएको थियो ।
नाजेरियालाई ८३ बल अगाडी ८ विकेटले हराएपछि आयरल्यान्डको नेट रन रेट उच्च बनेको थियो । समुह ‘बी’ बाट ६ खेलमा ४ मा जित र २ मा हारका साथ नेट रन रेटका आधारमा आयरल्यान्ड शीर्ष,ओमान दोस्रो र यूएई तेस्रो स्थानमा रहे । हङकङले ६ खेलमा समान ३ मा जित र हारका साथ अन्तिम चारमा रहँदै प्ले अफमा स्थान बनायो ।
हङकङ,ओमान र यूएई प्ले अफमा पुगेका छन् । समुह ‘बी’ बाट क्यानडा,जर्सी र नाइजेरीया क्रमश : पाँचौ,छैटौ र पुछारमा रहेर बाहिरिए । क्यानडा,जर्सी र हङकङको समान ६ अंक भएपनि नेट रन रेटका आधारमा हङकङ प्ले अफमा पुगेको हो । पुछारमा रहेको नाइजेरीयाले सबै खेल पराजित भयो ।
समुह ‘ए’ बाट पप्पुवा न्युगिनी शीर्ष स्थानमा रहँदै पहिलो पटक टि ट्वान्टी विश्वकपमा पुगेको छ । पप्पुवा न्युगिनीले पनि नेदरल्यान्डलाई नेट रन रेटले पछि पार्दै विश्वकपमा पुगेको हो । दोस्रो स्थानमा रहेको नेदरल्यान्ड,तेस्रो स्थानमा रहेको नामिबिया र चौथो स्थानमा रहेको स्कटल्यान्ड समुह ए बाट प्ले अफमा पुगेका छन् । केन्या,सिंगापुर र बर्मुडा क्रमश : पाँचौ,छैटौ र पुछारमा रहेर विश्वकप यात्राबाट बाहिरिए ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]