5 years ago
October 27, 2019
एजेन्सी – पप्पुवा न्युगिनी पहिलो पटक टि२० विश्वकपको लागि छनोट भएको छ । यूएईमा जारी आईसीसी टि ट्वान्टी ग्लोबल विश्वकप छनोटमा समुह ए बाट शीर्ष स्थानमा रहँदै आगमी वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपको लागि स्थान बनाएको हो ।
पप्पुवा न्युगिनीले ६ खेलमा ५ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा पहिलो पटक स्थान बनाएको हो । पप्पुवा न्युगिनीले आजनै केन्यालाई ४५ रनले पराजित गरेको थियो । तर विश्वकपमा स्थान बनाउन नेदरल्यान्ड र स्कटल्यान्डको खेल पर्खनु परेको थियो ।
स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ३१ रनको लक्ष्य नेदरल्यान्डले १२.३ ओभरमा पुरा गरेको भए शीर्ष स्थान रहँदै सोझैं विश्वकपमा पुग्थ्यो । नेदरल्यान्डले उक्त लक्ष्य १२.३ ओभरमा पुरा गर्न नसकेपछि पप्पुवा न्युगिनी छनोट भएको हो ।
पप्पुवा न्युगिनीले पहिलो खेलमा बर्मुडालाई १० विकेटले हराएको थियो । दोस्रो खेलमा नामिबियालाई ८१ रनले हरायो । स्कटल्यान्डसँग भने ४ रनले पराजित हुन पुग्यो । चौथो खेलमा नेदरल्यान्डलाई ५ विकेटले हराएपछि पप्पुवा न्युगिनीको विश्वकप सहज बनेको थियो । पाँचौ खेलमा पप्पुवा न्युगिनीले सिंगापुरलाई ४३ रनले हराएको थियो ।
समुह ए बाट पप्पुवा न्युगिनी ६ खेलमा ५ मा जित र १ मा हारका साथ १० अंक जोड्दै शीर्ष स्थानमा रहँदै विश्वकपमा पुगेको हो । ६ खेलमा ५ मा जित र १ मा हारका साथ नेदरल्यान्डको पनि १० अंकनै भएपनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा रह्यो । नामिबिया ६ खेलमा ४ मा जित र २ मा हारका साथ ८ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । स्कटल्यान्डले ६ खेलमा समान ३ मा जित र हारका साथ चौथो स्थानमा रह्यो । नेदरल्यान्ड,नामिबिया र स्कटल्यान्ड प्ले अफमा पुगेका छन् ।
६ खेलमा २ मा जित र ४ मा हारका साथ केन्या पाँचौ स्थानमा रहेर बाहिरियो । सिंगापुरले पनि ६ खेलमा ४ मा हार र २ मा जितका साथ छैटौ स्थानमा रहँदै बाहिरिनु पर्यो । पुछारमा रहेर बाहिरिएको बर्मुडाले ६ खेलमानै पराजित भयो ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]