5 years ago
October 27, 2019
एजेन्सी – श्रीलंकाले अष्ट्रेलियासँगको पहिलो टि ट्वान्टी खेलमा लज्जास्पद हार बेहोरेको छ । अष्ट्रेलियाले कीर्तिमानी जित हात पार्नेक्रममा श्रीलंकालाई १ सय ३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यो अष्ट्रेलियाले रन अन्तरले टि२० आईमा हात पारेको सर्वाधिक ठूलो जित हो ।
जितका लागि २ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका २० ओभरमा ९ विकेट गुमाउँदै ९९ रन मात्र बनाउन सक्यो । श्रीलंका दसुन सनका १७, अोषदा फर्नान्डो १३,कुशल परेरा १६ र दनुष्का गुणतिलक ११,नुवान प्रदीप ८ र कप्तान लासिथा मलिङ्गा १३ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
अष्ट्रेलियाको सहज जितमा स्पिनर एडम जम्पाले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । तीब्र गतिका बलर मिचेल स्टार्क र प्याट कमिन्सको नाममा समान २ विकेट रह्यो । एस्टोन एगरले १ विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले डेविड वार्नरको शतकमा २० ओभरमा २ विकेटको क्षतिमा २ सय ३३ रन बनाएको थियो । ओपनर डेविड वार्नरले अविजित शतकीय योगदान दिए । वार्नरको आज ३३ औं जन्मदिन पनि हो । अन्तिम ओभरको अन्तिम बलमा १ रन बटुल्दै वार्नरले टि २० आई करिअरमा आफ्नो पहिलो शतक पुरा गरेका थिए । वार्नर ५६ बलमा १० चौका र ४ छक्का सहित एक सय रनमा अविजित रहे ।
पहिलो विकेटका लागि वार्नर र कप्तान आरोन फिन्चले १०.५ ओभरमा १ सय २२ रनको शतकीय साझेदारी गरेका थिए । ठूलो सटको धुनमा कुशल मेन्डिसबाट क्याच आउट हुनुअघि फिन्च ३६ बलमा ८ चौका र ३ छक्का सहित ६४ रन जोडे ।
ग्लेन म्याक्सवेलले विश्फोटक ब्याटिङ गर्दै २८ बलमा ७ चौका र ३ छक्का सहित ६२ रनको योगदान दिए । श्रीलंकाका लागि दसुन सनका र लक्सान सनदकनको नाममा समान १ विकेट रह्यो । योसँगै तीन टि ट्वान्टी सिरिजमा अष्टेलियाले १-० को अग्रता लिएको छ । दोस्रो खेल आगमी बुधबार हुने छ ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]