5 years ago
October 27, 2019
एजेन्सी – ओपनर डेविड वार्नरको शतक,ग्लेन म्याक्सवेल र आरोन फिन्चले अर्ध शतक प्रहार गरेपछि अष्ट्रेलियाले पहिलो टि ट्वान्टी खेलमा श्रीलंकालाई २ सय ३४ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३३ रन बनायो ।
अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले अविजित शतकीय योगदान दिए । अन्तिम ओभरको अन्तिम बलमा १ रन बटुल्दै वार्नरले टि २० आई करिअरमा आफ्नो पहिलो शतक पुरा गरे । वार्नर ५६ बलमा १० चौका र ४ छक्का सहित एक सय रनमा अविजित रहे ।
पहिलो विकेटका लागि वार्नर र कप्तान आरोन फिन्चले १०.५ ओभरमा १ सय २२ रनको शतकीय साझेदारी गदैं उत्कृष्ट सुरुवात दिलाएका थिए । ठूलो सटको धुनमा कुशल मेन्डिसबाट क्याच आउट हुनुअघि फिन्चले ३६ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ६४ रनको योगदान दिए ।
फिन्च आउट भएपछि मैदानमा आएका हिटर ग्लेन म्याक्सवेलले विश्फोटक ब्याटिङ गर्दै २८ बलमा ७ चौका र ३ छक्का सहित ६२ रनको योगदान दिए । एस्टन टर्नर १ रनमा अविजित रहे । श्रीलंकाका लागि दसुन सनका र लक्सान सनदकनको नाममा समान १ विकेट रह्यो ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]