5 years ago
October 26, 2019
भरतपुर (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान लेखबहादुर (एलबी) क्षेत्री भरतपुरमा सम्मानित भएका छन् । नेपाल क्रिकेट सपोर्टर्स सोसाइटी चितवन शाखाले उनलाई शनिबार सम्मान गरेको हो ।
भरतपुरमा आयोजित कार्यक्रममा सोसाइटीका अध्यक्ष दिनेश नाइसा र नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजालले उनलाई खादा र सम्मानपत्र प्रदान गरे ।
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन र आईसीसीको निलम्बनबाट फुकुवाका लागि गरेको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको सोसाइटीका अध्यक्ष नाइसाले जानकारी दिए ।
क्षेत्री नेपाल क्रिकेट संघ (क्यान)को संक्रमणकाल अन्त्य गर्न आईसीसीद्वारा गठित स्वतन्त्र समितिमा राष्ट्रिय खेलकुद परिषद्का तर्फबाट सदस्य थिए । असोज ११ गते क्यानको निर्वाचत सोही स्वतन्त्र समितिले गराएको थियो ।
सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट सुरु गर्दा क्षेत्री टिमका महत्वपूर्ण सदस्य थिए । १९९८ मा उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तान बने । उनको अत्मकथा कप्तान १९९८ गत वर्ष प्रकाशित भएको थियो । सोही किताब कार्यक्रममा सोसाइटीका अध्यक्ष नाइसालाई क्षेत्रीले हस्तान्तरण गरे ।
चितवनमा ल्याएर सम्मान गर्न पाउँदा सिंगो नेपाली क्रिकेटलाई सम्मान गरेको जस्तै महसुस भएको सोसाइटीका संस्थापक सञ्जय प्रसन्न धरेलले बताए । सम्मान ग्रहणपछि क्षेत्रीले आफू सधैं नेपाली क्रिकेटको प्रगतिको पक्षमा रहेको भन्दै स्वतन्त्र र निष्पक्ष काम गर्दा पाएको सम्मानले गर्व महसुस भएको बताए ।
उनले क्यानको नयाँ कार्यसमिति समितिप्रति आशा व्यक्त गरे । ‘निश्चित समय अवसर दिनुपर्छ’, उनले भने, ‘उहाँहरुले नयाँ भिजन ल्याउनुहोला, काम गर्नुहोला, हेरौं ।’ नेपाली क्रिकेट टोलीको कप्तानबाट हालै पारस खड्काले दिएको राजीनामालाई उनले स्वाभाविक भने ।
‘ यद्दपी पारसको नेतृत्व नेपाली क्रिकेटले केही वर्ष खोजेको छ’, उनले भने,‘तर, नयाँ व्यवस्थापन आएको बेला उनले लिएको यो निर्णय स्वाभाविक छ, उनको ठाउँमा म भएको भए पनि यही निर्णय लिन्थें ।’
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । दुई देशबीचको खेल पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार मंगलवार दिउँसो २ः४५ मा सुरु हुदैछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० माथीको […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]